+
+

आर्सनलको पुनरागमन जित, शीर्ष स्थानमा ७ अंकको अग्रता

लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते ९:००

१२ पुस, काठमाडौं । मिडसिजन ब्रेकपछि फेरी सुरु भएको प्रिमियर लिगमा आर्सनलले वेष्टहममाथि पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा अग्रता फराकिलो बनाएको छ ।

सोमबार राति भएको खेलमा आर्सनलले एक गोलले पछि परेको स्थिति उल्टाउँदै वेष्टहमलाई ३–१ ले पराजित गरेको हो ।

साइद बेनराहमाले २७औं मिनेटमा पेनाल्टीमा गोल गर्दै वेष्टहमलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा आर्सनलले पुनरागमन गर्यो । ५३ औं मिनेटमा बुकायो साकाले आर्सनललाका लागि बराबरी गोल फर्काए ।

त्यसको पाँच मिनेटपछि नै गाब्रिएल मार्टिनेलीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए । आर्सनलका लागि एडवार्ड एनकेतिहले ६९औं मिनेटमा तेस्रो गोल गरे ।

जितपछि आर्सनलले १५ खेलबाट ४० अंक जोडेको छ र दोस्रो स्थानको न्युकासल युनाइटेडमाथि ७ अंकको अग्रता बनाएको छ ।

सोमबारै भएको खेलमा लेस्टर सिटीलाई ३–० ले पराजित गर्दै न्युकासल दोस्रो स्थानमा उक्लेको हो । न्युकासलको १६ खेलबाट ३३ अंक छ । न्युकासलका लागि क्रिस उड, मिगुएल अल्मिरोन र जोएलिन्टोनले गोल गरे ।

लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले हरायो

यसैगरी लिभरपुलले एस्टन भिल्लालाई ३–१ ले पराजित गरेको छ । भिल्लाको मैदानमा भएको खेलमा लिभरपुलका लागि मोहमद सलाहले पाँचौ, भर्जिल भान डायकले ३७औं र स्टेफान बासेटिकले ८१औं मिनेटमा गोल गरे । भिल्लाका लागि ओली वाट्किन्सले ५९औं मिनेटमा गोल गरे । जितपछि १५ खेलबाट २५ अंक जोड्दै लिभरपुल छैटौं स्थानमा उक्लेको छ ।

लिगकै अन्य खेलमा ब्राइटनले साउथह्याम्पटनलाई ३–१ तथा फुलहमले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गरेको छ । टोटनहम हट्सपर र ब्रेन्टफोर्डले २–२ को बराबरी खेलेका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?