+
+

प्रदेश १ को अधिवेशन १७ पुसमा बोलाइयो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १४:१६

१२ पुस, विराटनगर । प्रदेश १ को पहिलो अधिवेशन १७ पुसका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले १७ पुसको दिउँसो १ बजे बस्ने गरी प्रदेशसभाको अधिवेशन आह्वान गरेका हुन् ।

४ मंसिरको निर्वाचनबाट निर्वाचित प्रदेशसभा सदस्यहरुले सोमबार पद तथा गोपनीयताको शपथग्रहण गरेका थिए । नयाँ सांसदको सपथ ग्रहणपछि प्रदेश १ सरकारले सोमबार नै प्रदेशसभा आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गरेको थियो ।

सरकारको सिफारिसपछि प्रदेश प्रमुख खापुङले संविधानको धारा १८३ को उपधारा १ बमोजिम अधिवेशन आह्वान गरेका हुन् ।

सभामुख चयन नभएसम्म प्रदेशसभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य गयानन्द मण्डलले गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?