+
+
WC Series
जनकपुर बोल्ट्स 2025
130/9 (20)
VS
Pokhara Avengers won by 25 runs
Won पोखरा एभेन्जर्स 2025
155/6 (20)
Shares

चीनले ३१ महिनापछि नेपाली वस्तु लैजानलाई खाेल्यो रसुवागढी नाका

नवीन ढुंगाना नवीन ढुंगाना
२०७९ पुष १२ गते १७:०९
तस्वीर सौजन्य : रसुवा भन्सार प्रमुख नारायणप्रसाद भण्डारी

१२ पुस, काठमाडौं । चीनले कोभिड-१९ महामारी सुरु भएयता पहिलो पटक नेपाली वस्तु निर्यात गर्न सक्नेगरी रसुवागढी नाका खुला गरेको छ ।

३१ महिनादेखि बन्द रहेको नाका चीनले मंगलबारदेखि खुला गरेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

नाका खुलेको पहिलो दिन नेपालबाट ५० लाख ७० हजार रुपैयाँ बराबरको वस्तु निर्यात भएको रसुवाका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए ।

‘कोभिड-१९ महामारी पछि पहिलो पटक नेपालबाट ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ,’ भण्डारीले भने, ‘यो ३१ महिनापछिको पहिलो स्थलगत निर्यात हो ।’ नेपालबाट बाँसको मुढा, तामाका भाँडा लगायतका वस्तु चीनतर्फ निर्यात भएको भण्डारीले बताए ।

चैत २०७६ मा नेपाल सरकारले कोभिड-१९ महामारीलाई मध्यनजर गर्दै नेपाल भित्रिने सबै नाका सिल गरेयता सो नाकाबाट नेपाली वस्तु निर्यात ठप्प थियो । भन्सार कार्यालय रसुवाकाआनुसार मंगलबार नेपालबाट ६ वटा ट्रकमा नेपाली वस्तु चीनतर्फ गएका छन् ।

ती सामान ल्हासासम्म पुग्ने व्यपारीहरुले बताएको भन्सार अधिकृत भण्डारीले बताए ।

तत्कालका लागि चीनले रसुवागढी नाका मात्रै खोलेको हो । सोमबार मात्रै ल्हासास्थित नेपाली महावाणिज्य दूतावासलाई चिनियाँ अधिकारीले नाकाबाट नेपाली वस्तु आयात खोल्ने जानकारी गराएका थिए । सो बारेको जानकारी महावाणिज्य दूतावासले रसुवा जिल्ला प्रशासन र भन्सार कार्यालयलाई गराएको र सोही बमोजिम मंगलबार सांकेतिक रुपमा नेपाली वस्तु निर्यात सुरु गरिएको हो ।

यता सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका लागि अझै बन्द अवस्थामा छ । प्रमुख भन्सार अधिकृत दयनन्द केसीकाअनुसार नेपाली वस्तु निर्यात गर्नेबारे चिनियाँ पक्षले कुनै औपचारिक जानकारी गराएको छैन । स्थानीय स्तरमा बस्ने समन्वय बैठकका लागि प्रमुख जिल्ला अधिकारीले पत्राचार गरे पनि थप उपलब्धिबारे थाहा नभएको केसीले बताए ।

लेखक
नवीन ढुंगाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?