+
+

भन्सार छलीको सामान बोकेको आशंकामा वीरगञ्जबाट ट्रक नियन्त्रणमा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १७:३८

१२ पुस, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले बिल बिजकमा उल्लेख गरिएको भन्दा बढी मालसामान बोकेको आशंकामा एउटा ट्रक नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज महानगरपालिका–१० आदर्शनगर ग्रिन सिटी चोकबाट प्र.२–०३–००१ ख ३६९४ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएका हो ।

बिल बिजक भन्दा बढी खुद्रा, लत्ता कपडा तथा औषधी लगायतका सामानहरू बोकेको ट्रक वीरगञ्जबाट कास्कीतर्फ गइरहेको छ भन्ने सूचना प्रहरीकोमा आएको थियो । सोही सूचनाको आधारमा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको टोलीले मंगलबार बिहान १ बजे ट्रक नियन्त्रणमा लिएको थियो ।

नमस्ते कार्गो ट्रासपोर्टबाट छुटेको ट्रक चेकजाँच गर्ने क्रममा सामानको बिल बिजक शंकास्पद देखिएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

बरामद गरिएको ट्रकमा अन्दाजी ५५ लाख १२ हजार ५ सय ३१ रुपैयाँ बराबरको खुद्रा, लत्ता कपडा तथा औषधी जन्य सामाग्री रहेको अनुमान गरिएको छ । सामान सहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?