+
+

नेपाल भित्रियो हस्पिटालिटी एकोर ग्रुप, ‘मर्क्यूर’ होटल खोल्ने

‘दि मेट्रोपोलिटिन’सम्हाल्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १४:०४

१२ पुस, काठमाडौं । होटल व्यवसायमा विश्व प्रशिद्ध एकोर ग्रुप नेपाल भित्रिएको छ । नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य तथा एनआरएन तथा द्वि-राष्ट्रिय समिति सभापति देशबन्धु बस्नेत (अजित)को लगानीमा सुकेधारामा निर्मित होटेलमा उक्त ग्रुप भित्रिएको हो ।

बस्नेतका अनुसार आफूले सञ्चालनमा ल्याउन लागेको दि मेट्रोपोलिटन होटलको व्यवस्थापनमा एकोर ग्रुप नेपाल भित्रिएको हो । उक्त होटललाई एकोर समूहले ‘मर्क्यूर’ब्रान्डको नाममा सञ्चालनमा ल्याउने भएको हो । भारतको नयाँ दिल्लीमा उक्त ब्राण्डलाई नेपालमा भित्र्याउन एकोर र दिमेट्रो पोलिटिनबीच सम्झौता भएको हो ।

होटल व्यवस्थापनका लागि लागि विश्वकै चर्चित समूह एकोर ग्रुपको व्यवस्थापनमा नेपालमा पहिलो होटल सञ्चालन हुने पाँच तारे होटल दि मेट्रोपोलिटनमा बस्नेतको लगानी रहेको छ । एसिया, युरोप, अफ्रिका एवम् मध्यपूर्वका १०० बढी देशका ५ हजार ३ सय बढी होटलहरुको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक दि मेट्रोपोलिटनमा मर्क्यूर ब्राण्डमा होटलको व्यवस्थापन सम्हाल्ने भएको हो ।

उक्त सम्झौतामा दि मेट्रोपोलिटन होटलका अध्यक्ष बस्नेत र एकोरका वरिष्ठ उपाध्यक्ष पुनित धवनले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता पश्चात दि मेट्रोपोलिटिनका अध्यक्ष बस्नेतले एकोरसँगको सहकार्यले आपसी समझदारी र सहकार्यको दीर्घकालीन सम्बन्धको सुरुवात गरेको बताए । ‘विश्वस्तरको ब्राण्डलाई नेपालमा ल्याउन पाउनु गौरवको विषय हो,’ उनले भने, ‘यसले नेपालमा आउने आगन्तुकहरुले विश्वस्तरीय हस्पिटालिटी सेवा लिन पाउने अवसर सृजना भएको छ ।’

उक्त सम्झौताले नेपालको पर्यटनको विकासमा ठूलो सहयोग पुग्नुका साथै एकोरले नेपालमा आउने विदेशी पाहुनाहरुलाई विश्वस्तरीय सेवाको साथमा नेपाली परम्पराअनुसारको आतिथ्यता दिने एकोरका वरिष्ठ उपाध्यक्ष पुनित धवनले बताए ।

एकोरले नेपालमा कर्क्यूर ब्राण्डको नामबाट १०५ कोठोपाँच तारे होटल सञ्चालनमा ल्याउने छ । काठमाडौंको सुकेधारfमा निर्मार्णाधीन १० तले उक्त पाँच तारे होटलमा जिम, स्वीमिङपुल लगायत पाँच तारे होटलमा अत्याधुनिक सुविधा उपलब्ध हुने कम्पनीले जनाइको छ । उक्त सम्झौतामा सो होटललाई सन् २०२३ भित्रै सञ्चालनमा ल्याउने उल्लेख छ ।

काठमाडौं प्राचिन परम्परा बोकेको काठमाडौं ऐतिहासिक एवं सांस्कृतिकरूपमा समेत धनी रहेको हुँदा रिङरोड परिसरभित्र ‘मर्क्यूर काठमाडौं’ होटलको संरचना निर्माण गर्न लागेको बक्तव्यमा उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छोटो दुरीमा काठमाडौंका मुख्य आकर्षण रहेका पशुपतिनाथ मन्दिर, स्वयंभूनाथ लगायत स्थानमा सहजै पुग्ने स्थानमा होटल निर्माण गरिनेछ ।

बस्नेतसहित विजया बि. मल्ल तथा राजेन्द्र राउत होटलको प्रवर्द्धन गर्न स्थापना गरिएको दि मेट्रोपोलिटन होटल प्रालिको मुख्य सञ्चालक छन्। होटलमा सेवा लिन आउने पाहुनाको लागि बास बस्ने व्यवस्थासँगै खाना खाने रेष्टुरेन्ट तथा बार एवं फिटनेट सेन्टर राखिनेछ । साथै, होटल परिसरमा स्वीमिङ पुल तथा बैठक कक्ष पनि निर्माण गरिनेछ ।

एकोर इन्डिया एण्ड साउथ एसियाका वरिष्ठ उपाध्यक्ष पुनीत धवनले नेपालमा पहिलो ‘मर्क्यूर होटल’ स्थापना गर्नका लागि सम्झौता गर्न पाउँदा खुशी लागेको बताए । उनले आफ्नोतर्फबाट इमानदारितापूर्वक सम्झौताअनुसार काम गरी होटट निर्माणको काम सम्पन्न गरेर सञ्चालनमा ल्याउनका लागि आतुर रहेको बताए ।

मक्र्योरलाई विश्वकै सबैभन्दा प्रतिष्ठित मिड-स्केल ब्रान्ड मध्ये एक मानिन्छ । धवनले नेपालको संस्कृतिक महत्त्वलाई विश्वसामु पुर्याउन मर्क्यूर होटलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बताए । उनले दि मेट्रोपोलिटन होटल प्रालिसँगको सहकार्यमा मक्र्योर काठमाडौं होटलमा लगानी गर्न पाउँदा खुशी लागेको बताए ।

भारत र दक्षिण एसिया हेर्ने एक्कोरका अर्का उपाध्यक्ष अनिरुद्धकुमार विकासले नेपालमा पहिलो मक्र्योर होटल स्थापना गर्ने प्रक्रिया अगाडि बढाउन पाउँदा हर्षित भएको बताए । उनले काठमाडौंको भव्यता, सौन्दर्य तथा यहाँका सम्पदा हेर्न विश्वका पर्यटक आउने हुँदा मर्क्यूर होटल निर्माणले नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा योगदान पुग्ने बताए ।

यस्तै, दि मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष बस्नेतले एक्कोरसँगको साझेदारीमा नेपालमा विश्वकै उत्कृष्ट एक्कोर ब्रण्ड ल्याउन पाउँदा उत्साहित भएको बताए । उनले मर्क्यूर होटल स्थापना हुँदा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या बढ्ने विस्वास गर्दै उनीहरूका लागि उत्कृष्ट आवाससँगै सबै प्रकारका उच्च गुणस्तरीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?