+
+

नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता ४ लाख ८ हजार

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १२ गते १९:०८
फाइल तस्वीर

१२ पुस, काठमाडौं । नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ?  सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई  १४ लाख १८ हजार ४०० रुपैयाँ तलब र ३ लाख ५ हजार बैंठक भत्ता र अन्य सेवा सुविधा सहित ४९ लाख ५ हजार २५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख्य छ ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकको दुवै जना डेपुटी गभर्नरले १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब लिएका छन् । यस्तै डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले बैठक भत्ता २ लाख ७३ हजार बैठक भत्ता सहित गत आर्थिक वर्षमा कुल ४२ लाख  ६० हजार ११३ रुपैयाँ भुक्तानी लिएकी छन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले  पनि १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब, २ लाख ९६ हजार रुपैयाँ बैठक भत्तासहित गत आर्थिक वर्षमा सेवा सुविधा वापत १२ लाख २ हजार १७ रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

७ सदस्यीय राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर र डेपुटी गभर्नरबाहेक अन्य चार सदस्य हुन्छन् । अर्थसचिव पनि राष्ट्र बैंक सञ्चालक हुने व्यवस्था रहेको छ । अन्य तीन जना सञ्चालक भने नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्त गर्छ ।

अर्थसचिव सहित अन्य तीन जना सञ्चालकले भने तलब पाउँदैनन् । तर उनीहरुले बैठक भत्तासहित अन्य सुविधा भने प्राप्त गर्छन् । गत आव २०७८/७९ मा राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नर तलबमा ३९ लाख ५७ हजार ६०० रुपैयाँ भुक्तानी भएको छ । यस्तै सञ्चालकको बैठक भत्ता १८ लाख ९५ हजार र सञ्चालकहरुको अन्य सेवा सुविधा वापत १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ भुक्तानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमो राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।

हेर्नुहोस् तलबभत्ताको सूचीः

नाम पद तलब रु. बैंठक भत्ता रु. अन्य सेवा सुविधा रु.
महाप्रसाद अधिकारी गभर्नर १४ लाख १८ हजार ४०० ३ लाख ५ हजार ३१ लाख ८१ हजार ८५५
मधुकुमार मरासिनी अर्थ सचिव २ लाख ५८ हजार ४ लाख ८५ हजार ४२५
शिशिरकुमार ढुंगाना अर्थ सचिव १० हजार ३१ हजार २३८
निलम ढुंगाना (तिम्सिना) डेपुटी गभर्नर १२ लाख ६९ हजार ६०० २ लाख ७३ हजार २७ लाख १७ हजार ५१३
बमबहादुर मिश्र डेपुटी गभर्नर १२ लाख ६९ हजार ६०० २ लाख २ लाख ९६ हजार २६ लाख ३६ हजार ४१७
चिन्तामणी शिवाकोटी सञ्चालक ९० हजार ३५ हजार ५६४
डा. शंकरप्रसाद आचार्य सञ्चालक ९० हजार २३ हजार ४१२
श्रिराम पौडेल सञ्चालक २ लाख ६ हजार ११ लाख ३२ हजार ३५४
रामजी रेग्मी सञ्चालक २ लाख १५ हजार ३ लाख ६२ हजार ०१९
डा. सुवोधकुमार कर्ण सञ्चालक १ लाख ५२ हजार ६ लाख ९५ हजार ५१६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?