+
+

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट रात्रिकालीन उडान हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १३:२२
फाइल तस्वीर

१३ पुस, काठमाडौं । काठमाडौं–पोखरा रुटमा अब रात्रिकालीन उडान हुने भएको छ । यसअघि पोखरामा रात्रिकालीन उडानको सुविधा थिएन ।

पोखराको उडान १ जनवरी २०२३ देखि नयाँ विमानस्थलमा सर्दैछ । सो विमानस्थलबाट अब रात्रिकालीन उडान समेत हुने भएको छ ।

बुद्ध एयरले यो विमानस्थलमा २३ फेब्रुअरीदेखि रात्रिकालीन उडान थाल्ने गरी मिति तय गरेको हो । कम्पनीले पोखरालाई हब बनाएर मुलुकका विभिन्न गन्तव्यमा उडान विस्तार गर्ने समेत जनाएको छ । पोखरालाई अन्य कम्पनीले समेत अब क्षेत्रीय हब बनाउने भएका छन् ।

गुण एयरलाइन्सले समेत पोखराबाट क्षेत्रीय विमानस्थलहरुमा उडान थाल्ने बताएको छ । नयाँ विमानस्थलबाट उडान सुरु भएसँगै अब विभिन्न शहरबाट रातको समयमा पोखरा पुग्न र पोखराबाट अन्य शहरमा फर्कन सहज हुने भएको छ ।

अत्याधुनिक सुविधा सम्पन्न पूर्वाधार रहेका कारण यो विमानस्थलबाट उडान सहज र सुरक्षित हुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । यो विमानस्थलमा आईएफआर प्रविधि जडान भएका कारण कम भिजिविलिटीमा समेत उडान रोकिने छैन । अहिलेसम्म नेपालका काठमाडौं बाहिर तराईका विमानस्थलमा मात्र रात्रिकालीन उडानको सुविधा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?