+
+

स्पेनिस क्लबसँगको खेलमा दीपक मनाङेसहितको गण्डकी ११ पराजित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १३ गते १८:००

१३ पुस, पोखरा । स्पेनिस बि डिभिजन क्लब कासेरेन्यो सीपीसँगको खेलमा गण्डकी ११, ३–० ले पराजित भएको छ ।

पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा कासेरेन्योको जितमा कारमेलो,  बेरमु र स्पेनका पूर्व राष्ट्रिय खेलाडी माइकल कारलेरोले एक गोल गरेका थिए ।

खेलको २३ औं मिनेटमा कासेरेन्योका खेलाडी कारमेलोले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाए । ३५ औं मिनेटमा माइकलले अर्को गोल थप्दै अग्रतालाई दोब्बर बनाए ।

दोस्रो हाफमा सुखद पुनरागमन गर्न खोजे पनि गण्डकी ११ असफल रह्यो । दोस्रो हाफको इन्जुरी समयमा बेरमुले टिमका लागि तेस्रो गोल गर्दै जित सुनिश्चित गरेका हुन् ।

गण्डकी ११ को टिमलाई अनिल गुरुङले कप्तानी गरेका थिए । गण्डकी प्रदेशका खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ पनि मैदान उत्रिएका थिए । उनी डिफेन्डरको जिम्मेवारी सम्हाल्दै खेलको दोस्रो हाफमा मैदान प्रवेश गरेका थिए ।

लुम्बिनी गार्डेन फाउन्डेसनले आयोजना गरेको खेलमा सहभागी हुन ५५ जनाको टोली पोखरा आएको थियो । उक्त टोलीले बिहीबार काठमाडौं-११ सँग काठमाडौं दशरथ रंगशालामा मैत्रीपूर्ण खेल खेल्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?