
१३ पुस, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैकिङ प्रणलीमा ५० अर्ब तरलता पठाउने भएको छ । तरलता व्यवस्थापन गर्न साधारण प्रकृतिको रिपोमार्फत ४५ दिनको लागि उक्त तरलता बैंकिङ प्रणालीमा पठाउन लागिएको केन्द्रीय बैंकले जनाएको छ ।
पुसमा आय करको पहिलो किस्ता भुक्तानी गर्दा प्रणालीबाट राजस्वको रुपमा ठूलो पैसा जाने र राष्ट्र बैंकले पुर्नकर्जा नवीकरण नगर्दा प्रणालीमा थप दबाब पर्न सक्ने भएकाले रिपोमार्फत बैकिङ प्रणालीमा तरलता पठाउन लागेको हो ।
आन्तरिक ऋण परिचालन गर्न पनि बैंकहरुले राष्ट्र बैंकसँग स्थायी तरलता सुविधामार्फत (एसएलएफ) सापटी लिनुपर्ने अवस्था सिर्जना हुने भएपछि राष्ट्र बैंकले उक्त मौदि्रक औजारमार्फत तरलता पठाउन लागेको जानाएको छ ।
यस्तो रिपो बिहीबार १४ बोलकबुल हुने र यसको अवधी ४५ दिनको हुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4