+
+

राजीनामा दिएकालाई पार्टीमा फर्किन विवेकशील साझाको अनुरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते ११:५९

१४ पुस, काठमाडौं । विवेकशील साझा पार्टीले निर्वाचन समीक्षा भेला बोलाएको छ । शुक्रबार र शनिबार तनहुँको बन्दीपुरमा समीक्षा भेला आयोजना गरिएको अध्यक्ष समीक्षा बास्कोटाले जानकारी दिइन् ।

पार्टी स्थापना, आन्तरिक विवाद, कार्यशैली, वैचारिक बेमेल, फुट, एकता र निर्वाचन परिणाबारे बैठकमा समीक्षा हुने अध्यक्ष बास्कोटाले बताएकी छन् ।

उनले पार्टीका जिम्मेवारीमा रहेका सबैलाई भौतिकरुपमा बैठकमा उपस्थित हुन अपिल गरेकी छन् ।

साथै, अध्यक्ष बास्कोटाले राजीनामा दिएका, कारबाहीमा परेका, जिम्मेवारिबाट अलग भएका,  निष्क्रिय भएका सबैलाई जिम्मेवारीमा फर्किन अनुरोध गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?