+
+

मधेश प्रदेश सभाका ज्येष्ठ सदस्य न्यौपानेले लिए शपथ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १४ गते १५:३६

१४ पुस, जनकपुरधाम । मधेस प्रदेशसभाका ज्येष्ठ सदस्य गोविन्दबहादुर न्यौपानेले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

प्रदेश प्रमुख हरिशंकर मिश्रले ७१ वर्षीय न्यौपानेलाई बिहीबार पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम ज्येष्ठ सदस्यको हैसियतले प्रदेशसभाको अध्यक्षता गर्ने प्रावधान छ । १०७ सदस्यीय प्रदेशसभामा न्यौपाने सबभन्दा जेष्ठ हुन् ।

नेकपा एकीकृत समाजवादीका न्यौपाने मंसिर ४ मा सम्पन्न निर्वाचनमा सप्तरीको ४ ‘१’ बाट निर्वाचित भएका हुन् ।

प्रदेशसभाका बाँकी १०६ जना सदस्यलाई शुक्रबार न्यौपानेले शपथ खुवाउने कार्यक्रम रहेको छ । सभामुख चयन नहुँदासम्म सांसद न्यौपानेले ज्येष्ठ सदस्यका हैसियतले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?