+
+

आर्यन सिग्देलको प्रष्टीकरण : निखिल र विराजसँग दुश्मनी छैन

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते ११:३९

काठमाडौं । अभिनेता आर्यन सिग्देल आफ्नो पछिल्लो फिल्म ‘डिसेम्बर फल्स’लाई लिएर चर्चामा छन् । यतिबेला उनलाई अर्को एक खबरले चर्चा र हैरानी दुवै दिएको छ ।

अभिनेताद्वय निखिल उप्रेती र विराज भट्टसँग दुश्मनी भएको भन्ने गसिपलाई लिएर आर्यनलाई हैरानी भएको हो । उनले सामाजिक सञ्जालबाट यसको प्रष्टीकरण पनि दिएका छन् ।

‘विराज र निखिलसँग मेरो दुश्मनी पनि छैन र हुने पनि छैन,’ आर्यन लेख्छन्, ‘मैले न त निखिलभन्दा विराज भट्ट निकै ठूलो स्टार हो भन्न खोजेको थिएँ न निखिल उप्रेती विराज भट्टभन्दा नै ।’

आर्यनले दुवै अभिनेतालाई घरेलु फिल्मका एक्सन किङ भएको लेखेका छन् । ‘दुवै नेपाली सिनेमाका एक्सन किङ हुन् । उनीहरू दुवैको नेपाली सिनेमा क्षेत्रमा निकै नै ठूलो योगदान छ । जुन हामी सबैलाई अवगत नै छ,’ उनी लेख्छन् ।

‘विराज दाइको आवाज एक्सन फाइट दमदार लाग्छ भने निखिल दाइको एक्सन स्टन्ट झनै खत्रा । प्राविधिक रुपमा निखिल अब्बल हुनुहुन्छ । त्यसैले मैले कसैको पनि तुलना गर्न खोजेको थिइनँ र गरेको पनि होइन ।

नेपालमा टेक्नोलोजी र स्टन्ट एक्सन भित्राउने निखिल दाइ नै हुनुहुन्छ भने विराज दाइ न्याचुरल एक्सन किङ । दुवै मेरा लागि उत्तिकै सम्मानयोग्य छन् । यदि मबाट केही गलत भएको रहेछ भने त्यसको लागि सदैव क्षमा प्रार्थी छु । निखिल दाइ र विराज दाइ मेरा निकै आत्मीय साथी मात्र नभई हामी एकदमै नजिकका पारिवारिक साथी पनि हौं ।’

हालैको एक पडकास्टमा आर्यनले हिरोको कुरा गर्दा विराजको नाम लिएका थिए । उनको त्यो अभिव्यक्तिलाई लिएर सामाजिक सञ्जालमा ट्रोल भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?