+
+

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा सहमति जुटाउने प्रयास

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १७:५४

१५ पुस, काठमाडौं। नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको बैठक शुक्रबारदेखि सुरु भएको छ।

काठमाडौंमा सुरु भएको बैठकमा दलको नेता सर्वसम्मतीमै छान्न प्रयास सुरु भएको दलका नेताहरुले बताएका छन् ।

यद्यपि सहमित जुट्न नसकेको प्रदेश सांसद युवराज चौलागाईंले जानकारी दिए। उनका अनुसार सहमति जुटाउने कोसिस भइरहेको छ ।

‘दलको नेतामा धेरैको दाबी रहेकाले सहमति जुटिसकेको छैन,’ चौलागाईंले भने, ‘सकभर सहमतिमै टुंग्याउने भावना धेरैको भएकाले सहमति खोज्ने प्रयास सुरु भएको छ।’

दलको नेतामा शालिकराम जमरकट्टेल, गंगनारायण श्रेष्ठ, युवराज दुलाल र सरल सहयात्री पौडेलले दाबी गरेका छन् । पहिलो दिनको बैठकमा सहमति नजुटेपछि बैठक भोलि १ बजेलाई पुनः बोलाइएको छ।

सहमति जुट्न नसकेको अबस्थामा भने निर्वाचनबाट भए पनि टु्ंग्याइने चौलागाईंले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?