+
+

विश्वकप विजेता अर्जेन्टिनाका नागरिकलाई नेपाल भ्रमणमा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १५ गते १८:३६

१५ पुस, काठमाडौं। विश्वकप फुटबल विजेता मुलुक अर्जेन्टिनाका नागरिकले नेपाल भ्रमण गर्दा विशेष छूट पाउने भएका छन् ।

हिमालयन रिक्रिएसन ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीले यस्तो अफर ल्याएको छ । कम्पनीले विश्वकप विजेता मुलुक अर्जेण्टिनाका नागरिकलाई ट्रेकिङ तथा टूरमा ३० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

कम्पनीले १५ दिनको ‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेजमा २० प्रतिशत छुटको घोषणा गरेको छ ।

१५ दिनको ‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेज अन्तर्गतको प्रिमियम प्याकेजमा पर्यटकले हेलिकप्टरमार्फत सगरमाथा आधार शिविर अवलोकन, १ दिन १ रातको नगरकोट सनराईज भ्यू टूर, काठमाडौ, पोखरा, चितवनमा जङ्गल सफारी र लुम्बिनीको भ्रमण र ७ दिनको घोरेपानी पुनहील ट्रेकिङ समावेश छ ।

‘एक्स्पेरियन्स नेपाल’ टुर प्याकेज अन्तर्गतको १२ दिनको प्लाटिनम अन्तर्गत काठमाडौंदेखि नाम्चे होटल एभरेस्ट भ्यु हेली टुर, २ दिन २ रातको काठमाडौं र पोखरा टूरका साथै ७ दिनको घोरेपानी पुनहील ट्रेकिङमा पनि २० प्रतिशत छूको योजना ल्याएको छ ।

हिमालयन रिक्रिएसन ट्रेक्स एन्ड एक्स्पिडिसन कम्पनीका प्रबन्ध निर्देशक विष्णु थापा पर्यटन प्रवद्र्धनका लागि नयाँ प्रयोग गर्नुपर्ने बताउँछन् ।

‘फुटबल खेल मात्र नभएर यसमा भावना पनि जोडिएको छ, उनले भने, ‘यसपटक अर्जेण्टिनाले विश्वकप जित्यो, अर्जेण्टिनाका नागरिकको खुसीमा सहभागी हुन र त्यस खुसीमा साथ दिन नेपालको पर्यटनमा हामीले विशेष छुट सहित स्वागत गरेका हौं।’ यो योजना २०२३ भर लागु हुने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?