+
+

पोस्टर रिलिज गर्दै ‘छड्के २’ले दियो फागुन १९ मै आउने सन्देश

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १६ गते २०:४०

काठमाडौं । अनमोल केसी स्टारर फिल्म ‘छड्के २’ निर्धारित मिति फागुन १९ गते नै रिलिज हुने भएको छ । निर्माताले शनिबार नयाँ पोस्टर सार्वजनिक गर्दै आफू पछि नहट्ने सन्देश दिन चाहेका छन् ।

मुख्य मल्टिप्लेक्स चेन क्यूएफएक्सले उक्त मितिमा ‘छक्कापञ्जा ४’लाई मात्र रिलिज गर्ने योजना बनाइरहेको पृष्ठभूमिमा ‘छड्के २’ले पोस्टर रिलिज गरेको हो । पोस्टरमा अनमोलसहितका सात जना कलाकार फिचर्ड छन् । यार्सागुम्बा लगायतका बहुमूल्य जडिबुटी तस्करी र बदलाको कथावस्तुमा निर्माण भएको फिल्ममा अनमोलसहित रविन तामाङको प्रमुख भूमिका छ ।

निगम श्रेष्ठको निर्देशनमा तयार भएको फिल्ममा अनमोलको अपोजिटमा रेशा आलेमगरले अभिनय गरेकी छन् । चितवन र मनाङमा छायांकन भएको फिल्म सन् २०१३ को ‘छड्के’को दोस्रो श्रृंखला हो ।

अनलाइनखबरसँग कुरा गर्दै वितरक सुनिल मानन्धरले निर्धारित मितिमै ‘छड्के २’ प्रदर्शन हुने बताए । तर क्यूएफएक्समा रिलिज हुने वा नहुनेबारे उनले केही बताएनन् । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्मको निर्माणमा मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?