+
+

जनार्दनले बोलाए संगठन विभागको बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १५:०९

१७ पुस, काठमाडौं । नेकपा माआवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले सांगठनिक सक्रियता बढाएका छन् ।

शर्माले आइतबार पार्टी कार्यालयमा संगठन विभागको बैठक समेत बोलाएका छन्। उनी माओवादी केन्द्रको आठौं महाधिवेशनअघिसम्म संगठन विभाग प्रमुख थिए। महाधिवेशनपछि नयाँ विभाग नबनाइएकाले धेरैजसो काम पहिलेकै विभागले गरिरहेका छन् ।

शर्मा अर्थमन्त्री भएपछि लामो समय माओवादी केन्द्रको सांगठनिक गतिविधिमा सक्रिय थिएनन् । पहिलो पटक बसेको संगठन विभागको बैठकले एजेन्डा समेत तय भएको सचिव डिलाराम आचार्यले जानकारी दिए ।

उनका अनुसार ‘संसदीय प्रतिष्पर्धा र समाजवादको आधार निर्माणको लक्षका बीच पार्टी निर्माणको चुनौती’ भन्ने एजेन्डा समेत तय गरिएको छ। उक्त एजेन्डामा २१ गते बस्ने बैठकमा विस्तृतमा छलफल हुनेछ।

आजको बैठकमा प्रदेश १ का इन्चार्ज राम कार्की, मधेश प्रदेशका इन्चार्ज गणेश साह, कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्ल, सम्पर्क समन्वय प्रदेश समिति इन्चार्ज डिलाराम आचार्य र उपत्यका विशेष प्रदेश समितिका इन्चार्ज लिलामणि पोखरेलको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?