+
+

रोनाल्डो आवद्ध अल नासर कस्तो क्लब हो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १७ गते १७:३०

१७ पुस, काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरसँग सम्झौता गरे । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक महिनाअघि सम्झौता भंग गरेपछि ३७ वर्षे रोनाल्डो अल नासरमा पुगेका हुन् । साउदी क्लबसँगको सम्झौता अनुसार उनले वर्षको २० करोड डलर पारिश्रमिक पाउने छन् ।

रोनाल्डोलाई २० करोड डलरमा भित्र्याएपछि अल नासले अहिले धेरैको ध्यान तानेको छ र यो क्लब कस्तो हो भन्नेबारेमा खोजी नीति सुरु भएको छ ।

सन् १९५५ मा स्थापित अल नासर साउदी अरबको राजधानी रियादमा रहेको छ । यो क्लब साउदीको शीर्ष डिभिजन क्लब हो । यसले साउदी अरेबियाको शीर्ष लिग साउदी प्रोफेशनल लिग(एसपीएल) खेल्छ । एसपीएलका १८ मध्ये एक क्लब हो अल नासर ।

लिग फुटबलमा साउदीको दोस्रो सफल टिम हो अल नासर । यो क्लबले ९ पटक एसपीएलको उपाधि जितेको छ । यस क्लबले पछिल्लो पटक २०१८–१९ को सिजनमा लिग जितेको थियो । लिगमा अल हिलालले सर्वाधिक १८ पटक उपाधि जितेको छ ।

अल नासरले सन् १९९० मा साउदीको नकआउट कप र ६ पटक किङग्स् कप जितेको छ ।

लिगमा सर्वाधिक गोलकर्ता रहेका माजिद अब्दुल्लाह पनि अल नासरबाट खेल्छन् । साउदी अरेबियाका पूर्व स्ट्राइकर उनले १८९ गोल गरेका छन् ।

अल नासरको घरेलु मैदान भनेर मसालु पार्कलाई चिनिन्छ, जसको दर्शक क्षमता २५ हजार हो ।

अल नासर सन् १९९५ मा एसियाको प्रमुख क्लब प्रतियोगिता एएफसी च्याम्पियन्स लिगको उपविजेता बनेको थियो । त्यसयता क्लबले चार पटक एएफसी च्याम्पियन लिगको उपाधि जितेको छ । प्रतिस्पर्धी क्ल अल हिलालले भने अहिलेसम्म २ पटक मात्र एएफसी च्याम्पियन्स लिग उचालेको छ ।

अल नासरको प्रशिक्षक र टिमका खेलाडी

अल नासरको प्रशिक्षकमा फ्रेन्च प्रशिक्षक रुडी गार्सिया छन् । उनले यसअघि लिली, एएस रोमा, ओलम्पिक मार्सेले र ओलम्पिक लियोनिसको प्रशिक्षकको रुपमा काम गरिसकेका छन् । उनी जुनमा अल नासरमा आवद्ध भएका थिए ।

एसपीएल क्लबले ८ जना विदेशी खेलाडी राख्न पाउने व्यवस्था छ । जसमध्ये एउटा खेलमा सात विदेशी खेलाडीले मात्र मैदानमा उत्रिन पाउँछन् ।

अल नासरमा विदेशी खेलाडीको रुपमा क्यामरुनका विश्वकप नायक विन्सेन्ट अबुबकर छन् । उनले विश्वकपमा सर्बियाविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए । समूह चरणको अन्तिम खेलमा ब्राजिललाई हराउनमा उनको महत्वपूर्ण भूमिका रहेको थियो ।

अर्का विदेशी खेलाडीको रुपमा कोलम्बियन गोलकिपर डेविट ओस्पिना छन् । उनले पहिले आर्सनल र नेपोलीबाट खेलेका थिए । ब्राजिलका पूर्व मिडफिल्डर लुइज गुस्तावो पनि अल नासरमा छन् ।

अल नासरको अहिलेको प्रदर्शन

लिगमा अल नासर १० औं चरणका खेलपछि दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको अल शबाब भन्दा २ अंकले पछि पर्दै अल नासर दोस्रो स्थानमा छ ।

नासरले २०२३–२४ को एएफसी च्याम्पियनसिप खेल्नका लागि यस पटक लिग च्याम्पियन हुनु पर्छ ।

रोनाल्डोले अल नासरमा के परिवर्तन ल्याउलान् ?

रोनाल्डोको फुटबल कला र गोल गर्ने क्षमता उत्कृष्ट छ । उनले क्लब फुटबलमा हालसम्म ७०० भन्दा धेरै गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा उनले १०० भन्दा बढी गोल गरिसकेका छन् । उनी हाल ८१९ स्ट्राइक रेट सहित गोलकर्ताको सुचीमा शिर्ष स्थानमा छन् ।
पछिल्लो सिजनमा म्यानचेष्टर युनाइटेडमा निकै उतारचढावको बावजुत पनि उनले प्रिमियर लिगमा १८ खेलमा २४ गोल गरेका थिए ।

उनले कतारमा सम्पन्न विश्वकप २०२२ मा पोचुर्गलबाट लगातार पाँच पटक विश्वकपमा गोल गर्ने खेलाडीको कीर्तिमान बनाए । त्यसपछि भने उनले पोर्चुगिज टिमको पहिलो रोजाइमा कम मौका पाए ।

अल नासरमा गोल गर्नेको समस्या भने छैन । टिमले लिगको १० खेलमा जम्मा २४ गोल गरेको छ, जुन शीर्ष स्थानको क्लब अल शबाबको बराबरी छ ।

– अलजजिराबाट ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?