+
+

चिसो बढेपछि बेदकोट नगरपालिकाका विद्यालय बन्द

रासस रासस
२०७९ पुष १७ गते १७:४२

१७ पुस, कञ्चनपुर। कञ्चनपुरमा चिसो बढेपछि विद्यालय बन्द गरिएका छन् ।

पछिल्लो एक सातायता कञ्चनपुरमा अत्यधिक चिसो बढेपछि बेदकोट नगरपालिकाले नगरभित्रका सबै विद्यालय बन्द गरिएको हो ।

‘अत्यधिक चिसो बढ्दा पठनपाठनमा बाधा पुगेकाले प्रधानाध्यापकहरुको बैठकबाट बिदा माग भएको हो ।’

नगरपालिका शिक्षा शाखा अधिकृत मञ्जु थापाले भनिन्, ‘त्यही मागअनुसार नगरपालिकाले हिउँदे बिदा दिने निर्णय गरेको हो।’

उनका अनुसार पुस १७ देखि माघ २ गतेसम्मका लागि विद्यालय बन्द गरिएका हुन् ।

चिसोका कारण विद्यार्थीलाई विद्यालय आउनजान समस्या भएपछि प्रधानाध्यापकहरूको भेलाले बिदा माग गरेको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?