+
+

नीति अधिवेशन अविलम्ब गर्नुपर्छ : शेखर कोइराला

रासस रासस
२०७९ पुष १७ गते १९:५०

१७ पुस, विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले नीति अधिवेशन अविलम्ब गर्नुपर्ने माग गरेका छन् ।

विपी विचार राष्ट्रिय समाज प्रदेश नं १ समितिद्वारा आइतबार आयोजित ‘बदलिएको राजनीति, चुनौतीहरू र राष्ट्रिय तथा मेलमिलापको आवश्यकता’ विषयक संगोष्ठीमा उनले नेतृत्वलाई महामन्त्रीहरूले नीति अधिवेशन गर्न वक्तव्यमार्फत माग गर्ने होइन गराउनेतर्फ पहल सुरु गर्नुपर्ने धारणा राखे ।

नेता डा कोइरालाले नेपाली जनता प्रजातन्त्र विना बाँच्न नसक्ने हुनाले नेकांले यसको संरक्षण र जोगाउने कार्यमा सदैव तयार रहनुपर्नेमा जोड दिए ।

उनले भोलिको नेपाल बनाउने युवापुस्ता भएकाले उनीहरूलाई राष्ट्र, राष्ट्रियता र समाजवादका साथै विपी, गणेशमानलगायतका नेताबारे जानकारी गराउन विद्यालयस्तरमा अन्तरक्रिया गर्न आग्रह गरे ।

नेकांका अर्का केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य अमृत अर्यालले पार्टीभित्र रहेको मनमुटाव हटाई एक ढिक्का भएर आगाडि बढ्नु आजको आवश्यकता भएको बताए ।

समाजका अध्यक्ष दीपक लोहनी, पूर्वमन्त्री शिवकुमार बस्नेत, पूर्व केन्द्रीय सदस्य गुरुराज घिमिरे र सुधीर अर्यालले ‘नेतृत्वले निर्वाचनमा गठबन्धन किन गरियो र किन जोगाउन सकिएन’का सम्बन्धमा जनतालाई प्रस्टरुपमा जानकारी दिनुपर्नेमा जोड दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?