+
+

आहारारा पोखरा गोल्डकप : आर्मीलाई रोक्दै संकटा सेमिफाइनलमा

विकास रोकामगर विकास रोकामगर
२०७९ पुष १८ गते १७:००

१८ पुस, पोखरा । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै संकटा क्लब पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार पोखरा रंगशालामा भएको क्वार्टरफाइनल खेलमा आर्मीलाई ३–१ ले पराजित गर्दै संकटा अन्तिम ४ मा पुगेको हो ।

संकटाका लागि मेसुके, सुरजज्यू ठकुरी र स्टेफन बिनोङले गोल गरे भने विभागीय टिम त्रिभुवन आर्मीका तर्फबाट नवयुग श्रेष्ठले गोल गरे । अब संकटाले फाइनल प्रवेशका लागि एपीएफसँग खेल्नेछ ।

१५ औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई अग्रता दिलाए पनि आर्मीले जागाउन सकेन । १४ औं मिनेटमा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै नवयुगले गोल गरेका हुन् ।

त्यसपछि ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले कप्तान सुनिल बलको असिस्टमा गोल गरेका हुन् ।

खेलको ७३ औं मिनेटमा संकटाका सुरजज्यू ठकुरीले गोल गर्दै टिमलाई अग्रता दिलाए । संकटाका मेसुकेले विपक्षी पोस्टमा प्रहार गरेको बल बारमा लागेर फर्किँदा सुरजले सुन्दर फिनिसिङ दिए ।

खेलको अन्तिम समयमा स्टेफन बिनोङले गोल थप्दै संकटाको जित निश्चित गरे । मेसुकेले दिएको पासलाई ‘वन एन वन’मा बिनोङले गोल गरे । पोस्ट नजिक पुगेर आर्मीका टंक बस्नेतले बचाउन प्रयास गरे पनि सफल भएनन् ।

आहा रारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म आउँदा संकटा र आर्मी दोस्रो पटक मैदानमा भिडेका हुन् । यसअघि ०७६ को क्वार्टरफाइनलमा आर्मीले संकटालाई ३–० ले हराएको थियो ।

संकटाको परीक्षा

३ पटकको लिग विजेता संकटा यसपटक खेलाडी अनुबन्धमा आक्रामक बनेको छ । उसले हालैमात्र ६ जना राष्ट्रिय खेलाडीलाई टिममा अनुबन्ध गरेको छ । संकटामा प्रवेश पाउने नयाँ सदस्यमा राष्ट्रिय टिमका सुनिल बल, आयुष घलान, सुरज जिउ ठकुरी, गौतम श्रेष्ठ, निशान खड्का र टिकेन्द्र थापा छन् ।

आयुष र निशान थ्रीस्टारबाट संकटा आएका हुन् । गौतम भने आर्मीबाट आएका थिए । नयाँ खेलाडी अनुबन्ध गरेपछि पहिलो पटक मैदान छिरेकाले पनि आजको खेल संकटाका लागि पनि महत्वपूर्ण थियो । जसमा संकटा सफल देखियो ।

आहा रारा गोल्डकपको दुई दशक लामो इतिहासमा संकटाको अनभुव छोटो छ । संकटा हालसम्म ६ पटकमात्रै प्रतियोगितामा सहभागी छ । तर संकटाले एक पटक उपाधि जितेको छ भने दुई पटक सेमिफाइनल खेलिसकेको छ ।

संकटाले ०७७ को फाइनलमा विदेशी टोली अफ्रिकन रुट्सलाई पराजित गर्दै उपाधि जितेको थियो । उक्त खेल संकटाले ट्राइब्रेकरमा ४–२ ले जितेको थियो ।

अभागी आर्मी

आहारारा पोखरा गोल्डकपको २२ औं संस्करणसम्म आइपुग्दा विभागीय टोली १४ पटक सहभागी भएको छ । पटकपटक उपाधि नजिक पुगेर पनि खाली हातै घर फर्किनु परेकाले आहा रारामा आर्मी ‘अभागी टिम’ मानिन्छ ।

पहिलो पटक ०६० सालमा भाग लिएको आर्मी सेमिफाइनलसम्म पुगेको थियो । त्यसयता ४ पटक फाइनल पुगिसकेको छ । तर, उपाधि जित्न सकेको छैन ।

आर्मी पहिलो पटक २०६५ मा फाइनल पुगेको थियो । त्यतिबेला नेपाल पुलिससँग ५–० ले पराजित भयो । ०६६ मा पनि फाइनल पुगेको आर्मीलाई पुलिसले नै १–० ले पराजित गर्‍यो ।  ०७२ सालको फाइनलमा भने आर्मीलाई मनाङ मर्स्याङ्दीले १–० ले हरायो । ०७५ मा भने आर्मीले ट्राइब्रेकरमा थ्रीस्टारसँग ५–२ ले हार व्यहोर्‍यो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
विकास रोकामगर

पोखरामा रहेर पत्रकारिता गरिरहेका रोकामगर अनलाइनखबरको गण्डकी प्रदेश ब्युरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?