+
+

सांसदद्वय आले र राईले आज शपथ ग्रहण गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते ११:१४

१९ पुस, काठमाडौं । प्रतिनिधि सभा सदस्य प्रेम आले र माया राईले आज शपथ ग्रहण गर्दैछन् । उनीहरुको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे सिंहदरबारमा हुने संघीय संसद सचिवालयले जनाएको छ ।

यही पुस ७ गते राखिएको प्रतिनिधि सभाका सदस्यहरुको शपथ ग्रहण समारोहमा छुटेका आले र राईले आज शपथ ग्रहण गर्न लागेका हुन् । आले पारिवारीक शोकमा र राई अस्पतालमा भर्ना भएका कारण सो दिन शपथ लिन सकेका थिएनन् ।

सभामुख चयन हुन बाँकी नै रहेकाले उनीहरुलाई प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ खुवाउने छन् ।

पुस ७ गतेको शपथ ग्रहण गर्न छुटेका महिन्द्र राय यादव र रामकुमार राईले भने पुस ८ गते शपथ ग्रहण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?