+
+

८० प्रतिशतसम्म छुटसहित साझा प्रकाशनको पुस्तक प्रदर्शनी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष १९ गते १३:३४

१९ पुस, काठमाडौं । साझा प्रकाशनले हिउँदे यामको अवसरमा पुस्तक प्रदर्शनी आयोजना गरेको छ । साझा प्रकाशनको केन्द्रीय कार्यालय पुल्चोक ललितपुर र देशभरका सबै बिक्री कक्षमा पुस १७ देखि थालिएको प्रदर्शनी ३० गतेसम्म रहनेछ ।

हिउँदे बिदामा रहेका विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीलाई पुस्तक किन्न सजिलो होस् भन्ने उद्देश्यले प्रदर्शनी आयोजना गरेको साझा प्रकाशनले जनाएको छ । ३ रुपैयाँदेखि २८ सयसम्मका पुस्तक उपलब्ध प्रदर्शनीमा साझाले यसैवर्ष प्रकाशित गरेको राष्ट्रकवि माधवप्रसाद घिमिरेको महाकाव्य ‘ऋतंभरा’ पनि उपलब्ध छ ।

प्रदर्शनीमा यस वर्षको मदन पुरस्कार विजेता भगिराज इङनामको ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’, साझाबाट भर्खरै प्रकाशित दामोदर पुडासैनी ‘किशोर’ को ‘डोेल्पो ओ डोल्पो’ र श्रीबाबु कार्कीको ‘संदिग्ध शताब्दी’देखि नेपाली भाषा प्रकाशिनी समितिको श्रीमद्भागवत महापुराणसम्म छन् ।

साझाको प्रदर्शनीमा नेपाल प्रज्ञा प्रतिष्ठान र सिनासदेखि व्यक्तिसम्मका प्रकाशनहरू छन् । प्रदर्शनीमा २५ देखि ८० प्रतिशतसम्म छुटको व्यवस्था रहेको साझा प्रकाशनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?