+
+

रिलिजको ५५ वर्षपछि फिल्म ‘रोमियो एण्ड जुलियट’का कलाकारले नग्न दृश्यप्रति आपत्ति जनाउँदै हाले मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १२:३८

काठमाडौं । हलमा रिलिज भएको ५५ वर्ष भयो तर पनि फ्रान्को जेफिरेली निर्देशित हलिउड फिल्म ‘रोमियो एण्ड जुलियट’लाई स्क्यान्डलले छाडेको छैन । स्टारको रुपमा निकै लोकप्रिय उक्त फिल्मका कलाकारले निर्माण कम्पनी प्यारामाउण्टविरुद्ध एक नग्न दृश्यप्रति आपत्ति जनाउँदै मुद्दा दायर गरेका छन् ।

सन् १९६८ मा फिल्म रिलिज हुँदा कलाकारहरु ओलिभिया हसी र लियोनार्ड ह्वाइटिङ किशोरावस्थामा थिए । त्यसबेला यो फिल्म बक्स अफिसमा मात्र हिट भएन, ओस्कार अवार्डमा चार विधामा मनोनित समेत भएको थियो । सो फिल्मले शयनकक्षको एक दृश्यलाई विवादमा समेत ल्यायो जसमा ह्वाइटिङको नितम्ब र हसीको नांगो स्तनका दृश्य समावेश थिए ।

अहिले ७० को दशकमा जीवन बाँचिरहेका हसी र ह्वाइटिङले गत शुक्रबार अमेरिकाको सान्ता मोनिकास्थित अदालतमा मुद्दा दायर गरे । उक्त मुद्दामा निर्माण कम्पनी प्यारामाउन्टले आफूहरुलाई यौन शोषण गरेको र किशोर व्यक्तिको नग्न छवि सार्वजनिक गरेको आरोप लगाएका छन् ।

उक्त मुद्दामा लगाइएको आरोपअनुसार सन् २०१९ मा निधन भइसकेका जेफिरेलीले दुवै कलाकारलाई फिल्ममा कुनै नग्नता नभएको र उनीहरूले शयनकक्षको दृश्यमा मासु-रंगको अण्डरगार्मेन्ट लगाउने आश्वासन दिएका थिए । तर छायांकनको अन्तिम दिनमा निर्देशकले उनीहरूलाई शरीर मेकअपको साथ नग्न प्रदर्शन गर्न र नभए फिल्म फ्लप हुने भन्दै आग्रह गरेका थिए ।

त्यसबेला हसी १५ वर्षका थिए र ह्वाइटिङ १६ वर्षकी । उजुरीका अनुसार जेफिरेलीले उनीहरूलाई क्यामेरा कहाँ राखिनेछ भनेर देखाइदिए र फिल्ममा कुनै नग्नताको फोटो खिच्ने वा रिलिज गरिने छैन भनी आश्वासन दिए । उक्त मुद्दामा उनी बेइमान भएको तथा ह्वाइटिङ र हसीलाई उनीहरुको जानकारी बिना नै नग्न फिल्म गर्न बाध्य पारिएको आरोप लगाइएको छ ।

फिल्म रिलिज भएको ५५ वर्षदेखि हसी र ह्वाइटिङले मानसिक पीडा र भावनात्मक पीडा भोग्नुका साथै रोजगारीको अवसर पनि गुमाएको गुनासोमा उल्लेख छ । उनीहरूको यस्तो अभिनयको बावजुद हसी र ह्वाइटिङको ‘रोमियो र जुलियट’पछि मात्र धेरै सीमित अभिनय करिअर रह्यो ।

उक्त कुराले आफूहरुको चरित्र हत्या भएको आरोप लगाउँदै उनीहरूले ५०० मिलियन डलर भन्दा बढी रकमको क्षतिपूर्ति दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?