+
+

योग विज्ञान पढाउन ललितपुर महानगरले छात्रवृत्ति दिने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १४:५६

२० पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले योग विज्ञानमा अधिस्नातक (पीजीडी इन योग साइन्स) गर्न छात्रवृत्ति दिने भएको छ । ललितपुर महानगरपालिकाका सबै वडाबाट एक एक जनालाई त्रिभुवन विश्वविद्यालयका संस्कृत केन्द्रीय विभागबाट सञ्चालन हुने ‘योग विज्ञान अधिस्नातक’ अध्ययन गर्न छात्रवृत्ति दिने महानगरले जनाएको छ ।

महानगरका प्रमुख प्रशासकिय अधिकृत गणेश अर्यालका अनुसार ललितपुर नगर, स्वस्थ र सम्मुनत शहर’ कार्यक्रमको सञ्चालनको लागि वडामा योग शिविर र तालिम सञ्चालन गर्ने छ । यसै अनुरुप महानगर र विश्वविद्यालय बीच भएको समझदारी अनुसार २९ वटै वडाबाट एक–एकजनालाई छात्रवृति दिन लागेको अर्यालले बताए ।

स्नातक तह उत्तीर्ण गरेका व्यक्तिको नाम वडा कार्यालयले महानगरसमक्ष सिफारिस गर्नेछ । एक वर्षमा दुई सेमेष्टरमा अध्ययन हुने योग विज्ञानका लागि लाग्ने पुरै शिक्षण शुल्क महानगरले व्योहोर्ने जनाएको छ ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?