+
+

‘एभेन्जर्स’ अभिनेता जेरेमीको स्वास्थ्यमा सुधार, सेल्फी पोस्ट गर्दै दिए जानकारी

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २० गते १७:१५

काठमाडौं । ‘एभेन्जर्स’ स्टार जेरेमी रेनरले अस्पतालको शय्याबाट सेल्फी तस्वीर पोस्ट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी गराएका छन् । अंग्रेजी नयाँवर्षको पूर्वसन्ध्यामा उनी हिमआँधीको सिकार भएका थिए ।

यस क्रममा उनलाई गम्भीर चोट लागेको थियो । उनी आफैं एयरलिफ्ट गरेर अस्पतालमा भर्ना भए । अवस्था नाजुक भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो । सोसल मिडियामा रेनरले अस्पतालबाट आफ्नो स्वास्थ्य अपडेट गर्दै र फोटोमा आफू कस्तो छ भनेर पनि देखाए ।

सार्वजनिक तस्वीरमा उनी चश्मा लगाएको देखिएका छन् । अनुहारमा चोटपटक देख्न सकिन्छ । उनले तस्वीरमा क्याप्सन लेखेका छन्, ‘सबैलाई धेरै धेरै धन्यवाद । चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिन्छु । अहिले मेरो हालत यति खराब छ कि म टाइप गर्न पनि सक्दिन ।’

उनको पोस्टमा अन्य हलिउड स्टारले पनि कमेन्ट गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

यो घटना नयाँ वर्षको पूर्वसन्ध्यामा भएको थियो । उनी आफ्नो घर नजिकैको हिमपहिरोमा फसेका थिए । यस क्रममा तीन फिटसम्म हिउँ परेको थियो । त्यतिबेला उनलाई निकै गम्भीर चोट लागेको थियो । उनका प्रवक्ताले अभिनेतालाई आईसीयूमा भर्ना गरिएको र शल्यक्रिया गरिएको बताए । जेरेमीको स्वास्थ्य अवस्था पहिलेभन्दा राम्रो भएको उनले जनाएका छन् ।

नयाँवर्षमा अमेरिकामा आएको हिमआँधीमा आठ राज्यमा कम्तीमा ६० जनाको मृत्यु भएको छ । जेरेमीको दुर्घटनाको भोलिपल्ट रेसिङ कार च्याम्पियन केन ब्लकको मृत्यु भएको खबर बाहिर आयो । ५५ वर्षीय केन पनि हिमपहिरोमा फसेका थिए ।

जेरेमी ‘द एभेन्जर्स’ फिल्ममार्फत विश्वभर चिनिन्छन् । उनी उत्कृष्ट अभिनेताको लागि एकेडेमी अवार्डको लागि पनि मनोनयन भएका थिए । जेरेमीका लोकप्रिय फिल्ममा द टाउन (२०१०), द हर्ट लकर (२००८), विक्स लेटर (२००७), हकी र मिसन इम्पोसिबल समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?