+
+

कोरोनाबाट मृत्यु भएकाको वास्तविक संख्या सार्वजनिक गर्न चीनलाई डब्ल्यूएचओको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते ८:१४

२१ पुस, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना संक्रमणका कारण ज्यान गुमाएका र अस्पतालमा भर्ना भएर उपचारत व्यक्तिको विश्वसनीय संख्या सार्वजनिक गर्न आग्रह गरेको छ ।

डब्ल्यूएचओका प्रमुख टेड्रोस एदनोम गेब्रियससले मिडिया ब्रिफिङको क्रममा चीनलाई कोरोना संक्रमणसँग सम्बन्धित तथ्यांक यथाशीघ्र सार्वजनिक गर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्, ‘अस्पतालमा भर्ना भएका र मृत्यु भएकाको विश्वसनीय तथ्यांक छिटो र नियमित रुपमा सार्वजनिक गर्न हामीले चीनलाई भनेका छौं । साथै रियल टाइम भाइरल सिक्वेन्सिङको जानकारी पनि धेरै भन्दा धेरै जानकारी गराउन पनि भनेका छौं ।’

चीनमा पछिल्लो समय कोरोनाको संक्रमण तीव्र रुपमा फैलिइरहेको समाचार सार्वजनिक हुँदै आएको छ । तर चीनले भन्ने गरेको भन्दा धेरै संख्यामा संक्रमित र मृतक हुनसक्ने अनुमान गरिएको छ ।

डब्ल्यूएचओका प्रमुखले कोरोनाको अवस्थाबारे चीनसँग उच्चस्तरीय बैठक गरेको जानकारी दिंदै चीनको अवस्थाबाट आफूहरु चिन्तित रहेको बताएका छन् ।

उनले आफूहरुसँग भएको तथ्यांक अनुसार कोरोना संक्रमणबाट विश्वभर हरेक हप्ता करिब १० हजार जनाको मृत्यु भइरहेको छ । तर वास्तविक संख्या योभन्दा बढी हुन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?