+
+

सीतापाइलामा सडकको खाल्डो पुरेको निरीक्षणमा पुगे उपप्रधानमन्त्री श्रेष्ठ

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७९ पुष २१ गते १४:१४

२१ पुस, काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधारमन्त्री नारायणकाजी श्रेष्ठले काठमाडौं सीतापाइलामा सडकको खाल्डो पुरेको निरीक्षण गरेका छन् ।

उनले उपत्यकाका सडकको खाल्डो १५ दिनभित्र र देशभरिका राजमार्गको १ महिनाभित्र पुरिसक्न निर्देशन दिएका थिए । त्यसै अनुसार उनले उपत्यकाको सडकको खाल्डो पुरेको निरीक्षण गरेका हुन् ।

उपप्रधानमन्त्री श्रेष्ठले आफ्नो निर्देशन अनुसार काम सुरु भइसकेको तर काम गर्नेहरुलाई प्रोत्साहन गर्न आफू सडकमा आएको बताए ।

उपत्यकाका सडकहरु भौतिक पूर्वाधार मन्त्रालय मातहत मात्र नरहेको भन्दै उनले कतिपय सडक काठमाडौं महानगरपालिका, उपत्यका विकास प्राधिकरण र बागमती सभ्यता एकीकृत विकास समिति अन्तर्गत पनि रहेको बताए । ती निकाय मातहतका सडक पनि मर्मत सम्भारका लागि छलफल गर्ने उपप्रधानमन्त्री श्रेष्ठले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठसँगै मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक पनि सडकको खाल्डो पुरेको हेर्न पुगेका थिए ।

 

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?