+
+
Shares

सेनाका उपरथी शाहीको घरमा सैनिक प्रहरीको छापा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २१ गते १७:१२

२१ पुस, काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीको घरमा सैनिक प्रहरी गणको टोलीले छापा मारेको छ । बुढानीलकण्ठ नगरपालिका–२, भंगालस्थित उनको घरमा सैनिक प्रहरी गणको टोलीले बिहीबार दिउँसो छापा मारेको हो ।

सैनिक उच्च स्रोतका अनुसार अहिले पनि शाहीको घरमा टोली छ । शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए । उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले मंगलबार नियन्त्रणमा लिएर हिरासतमा राखेको छ ।

सैनिक प्रवक्ता कृष्णप्रसाद भण्डारीले चाहिँ शाहीको घरमा छापा मारेकोबारे आफूलाई थाहा नभएको बताए । ‘आर्थिक अनुशासनका विषयमा उजुरी परेपछि उहाँविरुद्ध छानबिन भइरहेको हो’, भण्डारीले भने, ‘त्यसबाहेकका विषय मेरो जानकारीमा छैन ।’

तर, अनलाइनखबरलाई प्राप्त जानकारी अनुसार कार्यालयका कागजात घरमा हुनसक्ने भन्दै सैनिक प्रहरी गणको टोली शाहीको घरमा पुगेर छापा मारेको हो । सैनिक टोलीले नेपाल प्रहरीको टोलीलाई पनि साथमै लगेको थियो ।

हालसम्म शाहीको घरमा त्यस्ता कुनै कागजात नभेटिएको स्रोतले बताएको छ । शाही यसअघिका प्रधानसेनापति पूर्णचन्द्र थापाका नजिकका अधिकृत मानिन्थे । उनको शैक्षिक प्रमाण पत्रमा दुईथरी उमेर देखिएको थियो । सैनिक मुख्यालयको अभिलेख अनुसार उनी २० पुसमा अवकाशमा जाँदै थिए ।

अवकाशको १५ दिनअघि बिदा बस्ने परम्परा अनुसार उनी बिदामा बसेका थिए । त्यही बीच अदालतले उनको एक वर्ष जागिर लम्बिने गरी अन्तरिम आदेश दिएको थियो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?