+
+

संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १३:४८

२२ पुस, काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद संसद भवन सिंहदरबारमा सुरु भएको छ ।

प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् ।

प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ ।

बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तयारी गरेका छन् ।

र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि सभामुख चयन गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?