+
+

बीबीएस चौथो वर्षको उत्तरपुस्तिका हराएको भन्दै एक वर्षपछि पुनः परीक्षा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २२ गते १४:१२

२२ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यलयले चार वर्षे बीबीएस कार्यक्रमको चौथो वर्षको ‘बिज्नेस रिसर्च मेथड्स’ विषयको परीक्षा एक वर्षपछि शनिबार (भोलि) पुनः लिने भएको छ । यो विषयको परीक्षा २०७८ साल पुस २७ गते पनिकाले लिएको थियो ।

क्याम्पसले सिम्बोल नम्बर ७०२०२०००१ देखि ७०२०२०२५२ सम्म सनिबार बिहान ८ बजेदेखि परीक्षा हुने भएकोले परीक्षामा सहभागी हुन भनेर मोबाईलमा मेसेज पठाएको विद्यार्थीहरु बताउँछन् ।

मेसेज आएपछि क्याम्पसमा फोन गरेर बुझ्दा उत्तरपुस्तिका हराएकोले पुनः परीक्षा लिन लागेको भन्ने जवाफ पाएको एक विद्यार्थी बताउँछिन् । उनी भन्छिन् ‘नतिजा आउन ढिला भएर तनाव भईरहेको बेला फेरि दिनुपर्ने भन्दा कस्तो होला । उनीहरुको लापरबाहीको सजाय हामीले भोग्नुपर्ने कस्तो अन्याय हो ।’

परीक्षा नियन्त्रण कार्यलयले झापाको दमक बहुमुखी क्याम्पसको विद्यार्थीको मात्रै लिने जनाएको छ । सह-परीक्षा नियन्त्रक डा.घनश्याम ठाकुरले झापाको एक क्याम्पसको मात्रै समस्या भएर लिन लागेको बताए । उनले भने ‘त्यहाँको क्याम्पसको समस्या भएर लिन लागिएको हो ।’ किन र कस्तो समस्या भएको हो भन्ने चाँहि उनले खुलाउन चाहेनन् ।

दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा.नेत्रबहादुर बुढाथोकीले पनिकाले परीक्षा लिने जानकारी दिएको तर किन पुन लिन लागिएको भनेर नभनेको बताउँछन् ।

क्याम्पसका एक शिक्षकले भने उत्तरपुस्तिका हराएकोले डीन कार्यलयबाट तपाईंहरुको परीक्षा केन्द्रबाट सञ्चालन भएको परीक्षाको उत्तरपुस्तिका हराएकोले फेरि परीक्षा सन्चालन गर्नु भन्ने निर्देशन आएको बताए । उनले भने ‘नतिजा ढिला आयो भन्दै विद्यार्थीहरु आत्तिसकेका थिए अब झन फेरि दिन पर्दा मानसिक रुपमा असर अवश्य परेको छ ।’

परीक्षा नियन्त्रण कार्यलय बल्खुले बीबीएस चौथो वर्षको परीक्षा २०७८ साल पुस २० गतेदेखि माघ ४ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?