+
+

गठबन्धन कत्तिको टिकाउ छ भन्न सकिन्न : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते २०:२५

२३ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अहिलेको सारुढ गठबन्धन कत्तिको टिकाउ हुन्छ भन्न नसकिने बताएका छन् ।

शनिबार नेपाल पत्रकार महासंघ भक्तपुरको २६ औं स्थापना दिवसको अवसरमा बोल्दै उनले गठबन्धनको स्थायीत्वमा विश्वास गर्न सकिने अवस्था नभएको बताएका हुन् । ‘एउटा गठबन्धन अघि बढिरहेको थियो, त्यो गठबन्धन अचानक भत्कियो, नयाँ गठबन्धन बन्न गयो । यो गठबन्धन कति दरिलो छ, कति टिकाउ छ यसै भन्न सकिने अवस्था छैन । हामी चाहन्छौँ, देशमा राजनीतिक स्थायीत्व होस्’ उनले भने ।

अध्यक्ष नेपालले पदमा को बस्छ भन्ने कुरा महत्वपूर्ण नभएको भन्दै पदमा रहनेले के गर्छ भन्ने कुरामा ध्यान दिनुपर्ने धारणा राखे । ‘को पदमा आसिन हुनेछ, त्यो महत्वपूर्ण कुरा होइन । उहाँले के गर्नुहुन्छ, त्यो महत्वपूर्ण कुरा हो । हाम्रो राजनीतिमा रहेका जतिपनि विसंगतिहरु छन्, हाम्रो प्रशासनिक क्षेत्रमा रहेका जतिपनि विकृति छन्, समाजका यावत चुनौतिहरुको सम्बोधन गर्नेगरी सरकार अघि बढ्नुपर्छ’ उनले भने ।

अध्यक्ष नेपालले नागरिकमा एक अर्का राजनीतिक दलहरुप्रतिको विश्वास हराउँदै जानु दुःखद् भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?