+
+

सर्वोच्च बारको अध्यक्षमा लोकतान्त्रिक समूहका हरिशंकर निरौला निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २३ गते २१:११

२३ पुस, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनको अध्यक्षमा वरिष्ठ अधिवक्ता हरिशंकर निरौला निर्वाचित भएका छन् । बृहत लोकतान्त्रिक समावेशी, पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार निरौलाले प्रगतिशील,पेशागत तथा गणतान्त्रिक,लोकतान्त्रिक,समाजवादी र समावेशी कानुन व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता तुलसी भट्टलाई १४ मतान्तरले पराजित गरेका हुन् । निरौलाले २८९ मत पाए भने भट्टले २७५ मत पाए ।

उपाध्यक्षमा लोकतान्त्रिक समूहका अधिवक्ता जगदिशचन्द्र पाण्डे, सचिवमा प्रगतिशील समूहका श्यामकुमार खत्री, सहसचिवमा लोकतान्त्रिक समूहका सुजन लोप्चन, कोषाध्यक्षमा प्रगतिशील समूहका कपिलचन्द्र पोखरेल निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै सदस्यहरुमा सिर्जना कडेल, उत्त मराज पाठक, भीमप्रसाद ढकाल, रुपनारायण श्रेष्ठ, डा. रेशमराज रेग्मी, रामबहादुर राउत (मातृदास), सुमनकुमार केसी र प्रभुजी पन्त निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?