+
+

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज डेमो उडान, नगरपालिकामा विदा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते ८:३०

२४ पुस, काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकास्थित सिमिचौरमा निर्माण सम्पन्न भएको रेसुङ्गा विमानस्थलमा आइतबार (आज) डेमो उडान हुँदैछ । यस अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एयरको ट्वीनअटर जहाज गुल्मी प्रस्थान गर्नेछ । एयरलाइन्स कम्पनीका अनुसार तारा एयरले आइतबार बिहान १०:३० मा डेमो उडान गर्नेछ ।

जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित सांसद चन्द्र भण्डारी, गोकर्ण विष्ट लगायत नेताहरू सवार हुनेछन् । साथै एमाले उपमहासचिव प्रदीप ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री समेत जहाजमा रहने छन् । तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु समेत जहाजमा रहने भएका छन् ।

यो जहाज रेसुङ्गा विमानस्थलमा झण्डै १ घण्टा रहने छ । त्यसपछि पुनः काठमाडौं फिर्ता हुने छ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार आइतबार डेमो उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने छ । नियमित उडानका लागि भने कम्तिमा २ साता लाग्नेछ । यो विमानस्थलमा तारा एयरले प्रारम्भमा स्थानीय सरकारसँगको समन्वयमा उडान गर्ने भएको छ ।

रेसुङ्गा विमानस्थल सदरमुकाम तमघास क्षेत्रमा पर्छ । यो सदरमुकाम तमघासबाट ५ किलोमिटर दुरीमा छ । रेसुङ्गा विमानस्थलमा १८ सिट क्षमताको जहाज मात्र जान सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?