+
+

यी ५ उपाय, जसले ह्याकिङबाट बचाउनेछन्

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १३:२३

इन्टरनेट हाम्रो आवश्यकता मात्र होइन दैनिक जीवनको हिस्सा बनिसकेको छ । अधिकांश मानिसका लागि इन्टरनेटविना जीवन जीउन नै मुस्किल जस्तै भएको छ । तर इन्टरनेटप्रतिको यस्तो लगावको फाइदाचाहिं ह्याकरहरूले उठाउने गर्दछन् । उनीहरूले इन्टरनेट संसारको हरेक पाइलामा मानिसहरूलाई फसाउनका लागि जाल बिछ्याइएका हुन्छन्, जसमा परेर तपाईं ह्याकिङको सिकार हुन सक्नुहुन्छ ।

वास्तवमा इन्टरनेट तथा स्मार्टफोनको दुनियाँमा स्क्यामरहरू हरेक पाइलामा बसेका हुन्छन् । इन्टरनेट प्रयोगकर्तालाई जालमा फसाउनका लागि उनीहरूले विभिन्न खालका चाल चल्दछन् । तिनै चालमा फसेर हामी ह्याकिङ वा अनलाइन ठगीको सिकार हुन्छौं ।

आखिर इन्टरनेटमा हुने त्यस्ता ठगीबाट कसरी बँच्ने त ? यसका लागि तपाईंलाई कुनै रकेट साइन्सको आवश्यकता पर्दैन । केवल केही कुरामा ख्याल राख्नुु पर्याप्त हुन्छ । त्यसो गर्दा तपाईंले प्रायः सुरक्षित रहन सक्नुहुन्छ । इन्टरनेटमा ह्याकरबाट बँच्नका लागि यी पाँचवटा उपाय सबैभन्दा प्रभावकारी हुन्छन् :

१. आफ्नो ब्राउजर सधैं अपडेट राख्नुहोस् : जसरी तपाईंले आफ्नो घरको रौनक कायम राख्नका लागि त्यसमा रङरोगन गर्नु आवश्यक हुन्छ । त्यसैगरी अनलाइन जगतमा अपडेट्सको भूमिका हुन्छ । तपाईं गुगल क्रोम प्रयोग गर्नुहुन्छ वा अरु कुनै ब्राउजर भने पनि त्यसलाई सधैं अपडेट गरिरहनुहोस् । ह्याकरहरुले प्रयोगकर्ताका निजी विवरणहरु चोर्नका लागि ब्राउजरहरुमा भएका सुरक्षा जोखिमहरूको सहारा लिन्छन् । ब्राउजरहरुले त्यस्ता सुरक्षा त्रुटिलाई अपडेटहरू मार्फत् समाधान गरेर प्रयोगकर्तालाई ह्याकरको पञ्जामा पर्नबाट रोकिरहेका हुन्छन् ।

२. बलियो पासवर्ड राख्नुहोस् : कुनै पनि सोसल मिडिया साइट वा बैंकिङ अकाउन्टमा हामीले बलियो पासवर्ड प्रयोग गर्नुपर्दछ । कहिलेकाहीँ हामीले सम्झना गर्न सजिलो होस् भनेर सजिलो पासवर्ड प्रयोग गरिराखेका हुन्छौं । तर यस्तो लापरबाही भारी पर्न सक्दछ । Google Password Manager ले तपाईंलाई बलियो पासवर्डको बारेमा सल्लाह दिन्छ ।

३. डाउनलोड चेतावनीमा ध्यान दिनुहोस् : कहिलेकाहीँ इन्टरनेटबाट कुनै फाइलहरू डाउनलोड गर्दा ब्राउजरले तपाईंलाई चेतावनीयुक्त सन्देश देखाएको हुन्छ । हामीले त्यस्तो चेतावनीलाई नजरअन्दाज गर्दै आफूले चाहेको फाइल डाउनलोड गर्दछौं । तर त्यसो गर्नु निकै जोखिमपूर्ण हुन्छ । त्यस्तो चेतावनी सन्देशलाई नजरअन्दाज नगर्नुहोस् । त्यसमा लेखेको कुरा राम्रोसँग पढेर मात्र फाइल डाउनलोडलाई अगाडि बढाउने नबढाउने बारेमा निर्णय लिनुहोस् । कहिलेकाहीँ तपाइँले डाउनलोड गरेको फाइलबाटै तपाईंको डिभाइसमा भाइरस छिर्न सक्दछ ।

४. सेफ ब्राउजिङ : क्रोम ब्राउजरमा प्रयोगकर्ताका लागि केही विशेष सेक्योरिटी अप्सन उपलब्ध छ । इन्टरनेट ब्राउजिङ गर्दा बढी सुरक्षाका लागि तपाईंले Enhanced Safe Browsing फिचरलाई खोल्न सक्नुहुन्छ । यसले खतरनाक वेबसाइटहरूविरुद्ध उत्कृष्ट सुरक्षा प्रदान गर्दछ ।

५. दुई चरणको प्रमाणीकरण : Two factor authentication ले अनलाइन लगइनलाई सुरक्षित बनाउन सहयोग गर्दछ । कुनै पनि एप वा प्लाटफर्ममा साइनइन गर्दा सुरक्षा तथा प्रमाणीकरणको एक अर्को तह थप गर्दछ, यसले । अनलाइन दुनियाँमा सुरक्षित रहनका लागि तपाईंले पनि यो फिचर प्रयोग गर्नु अनिवार्य हुन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?