+
+
Shares

अब नेपालमा सामाजिक सञ्जाल बन्द हुँदैनः मन्त्री खरेल

केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै हुने उनले जानकारी दिए । 

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १४:०१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।
  • मन्त्री खरेलले सामाजिक सञ्जाललाई नयाँ मूलधारको सञ्चारमाध्यम मान्दै व्यवस्थित र जिम्मेवार बनाउनेमा सबैले साथ दिनुपर्ने बताए।
  • सरकारले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै गर्ने नियमावली मन्त्रिपरिषद्मा पेस गरी पारित गरिसकेको छ।

१२ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन् ।

बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थासंस्थाहरूसँगको छलफल गर्दै मन्त्री खरेलले सामाजिक सञ्जाल बन्द नहुने बताएका हुन् ।

नउले अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने प्रष्ट्याए । सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने उनले बताए ।

मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे ।

उनले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेस गरी पारित हुने जानकारी दिए ।

केही दिनभित्र राजपत्रमा प्रकाशित भएपछि अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै हुने उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?