+
+

प्रेमीलाई बर्थडेको शुभकामना दिंदै पूजा भन्छिन्- म टुटेको बेला खुसी बनेर तिमी आयौ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २४ गते १२:२५

काठमाडौं । अभिनेत्री पूजा शर्मा केही समयदेखि व्यवसायी युद्ध बानियाँसँग गम्भीर प्रेममा छिन् । यो प्रेमजोडीले भविष्यको योजना समेत बनाइरहेको छ । उनीहरुले खुलेरै सामाजिक सञ्जालमा उनीहरुले प्रेम प्रदर्शन गरिरहेका छन् ।

आइतबार जन्मदिन मनाइरहेका युद्धलाई बर्थडे शुभकामना दिंदै पूजाले प्रेमीलाई भगवानले दिएको उपहार भएको बताएकी छन् ।

उनी लेख्छिन्, ‘जन्मदिनको शुभकामना । तिमी मेरो सबैभन्दा राम्रो उपहार हौ, जसलाई भगवानले मलाई दिनुभएको छ । म तिमीलाई सधैंभरि माया गर्छु । तिमी मेरो जीवनमा त्यतिबेला आयौ जब म पूरै टुटेको थिएँ । तिमी नै मेरो मुहारको मुस्कान, मेरो आँखामा हाँसो र मेरो जिन्दगीको खुसीको कारण हौ ।’

युद्धलाई पूजाको यो बर्थडे स्टाटसले नै स्पष्ट पार्छ कि उनीहरु भावनाको गहिराइमा डुबेका छन् । जन्मदिन शुभकामनासँगै पूजाले प्रेमीसँगका रोमान्टिक तस्वीर पनि सेयर गरेकी छन् जहाँ उनीहरु रमाएका देखिन्छन् । युद्धले पूजा र आफ्नो तस्वीर अंकित टिसर्ट पनि लगाएका छन् । पूजाको उक्त पोस्टमा अभिनेत्री श्वेता खड्काले ज्वाईंसाहेब भन्दै शुभकामना दिएकी छन् ।

कामको कुरा गर्दा यो जोडीले ललितपुर झम्सिखेलमा एक बहुउद्देश्यीय व्यवसायमा लगानी गरिरहेका छन् । पूजा चाहिं अनमोल केसीको प्रमुख भूमिका रहने अनटाइटल फिल्म निर्माणको तयारीमा छिन् । ‘म यस्तो गीत गाउँछु २’पछि पूजाले प्रेम सम्बन्धलाई खुलाउन थालेकी हुन् । उनीहरु यतिबेला सार्वजनिक कार्यक्रममा समेत देखिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?