+
+

संसदमा उभिएर राजेन्द्र लिङ्देनले भने : अलि धेरै साथी ल्याउँछु भनेको थिएँ, सकिनँ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १४:२९

२५ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अघिल्लो संसदमा प्रतिज्ञा गरे अनुसार धेरै साथी लिएर आउन नसकेको बताएका छन् ।

४ मंसिरको चुनावबाट निर्वाचित प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले धेरै संख्यामा प्रतिनिधित्व हुन नसके पनि जनताको भावनाको बलियो प्रतिनिधिको रुपमा आएको बताए ।

‘अघिल्लो कार्यकालमा यो संसद भवन छोड्ने बेलामा अलि धेरै साथी लिएर आउँछु भनेको थिएँ, धेरै त लिएर आउन सकिनँ, तर जनताको भावनाको एउटा बलियो प्रतिनिधिको रुपमा हामी संसदमा आएका छौं’ उनले भने ।

अध्यक्ष लिङ्देनले जनताले एउटा राजनीतिक दलमाथि पूर्ण रुपमा विश्वास गर्न नसकेको र सबै दल र विचारलाई मिलेर अघि बढ्न जनादेश दिएको बताए । ‘कुनै पनि राजनीतिक दल एक्लै अगाडि जान सक्दैनौं । कुनै पनि दल र विचारलाई निषेध गरेर जान सक्दैनौ’ उनले भने, ‘सबै दल र सबै विचार मिलेर मात्र यो देशको निकास हुन सक्छ । समस्याको समाधान हुन सक्छ भन्ने जनादेश छ ।’

आफ्नो पार्टी राष्ट्रियता, राष्ट्रिय एकता, सुशासन, विकास र सेवा प्रवाहको मुद्दामा दृढताका साथ उभिने अध्यक्ष लिङ्देनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?