+
+
संसदमा सीके राउतको पहिलो सम्बोधन :

‘देशको अखण्डताका लागि संघीयता चाहिन्छ, जीवित प्रमाण म आफैं हुँ’

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १५:४६

२५ पुस, काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले नयाँ दलहरुसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको पहिलो बैठकलाई सम्बोधन गर्दै राउतले आफू निर्वाचित भएको सप्तरी २ बाट यसअघि सांसद रहेका गजेन्द्र नारायण सिंह र उपेन्द्र यादवलाई स्मरण गरे । संसदको पहिलो बैठकमा आफूहरुलाई स्वागत गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ दलहरुमा आवेग छ भनेको उल्लेख गर्दै राउतले भने, हामीसँग आवेग मात्र होइन, अग्रजप्रति सम्मान पनि छ भन्नमा ढुक्क सहन आग्रह गर्दछु ।’ आफूहरुमा रहेको आवेग जनतामा रहेको परिर्वतनको आकांक्षा भएको र यसलाई उर्जाका रुपमा प्रयोग गर्नुपर्ने उनले बताए ।

जनमत पार्टीका अध्यक्ष राउतले संघीयता अपरिहार्य भएको बताए । ‘यो देशको अखण्डताका लागि पनि अपरिहार्य भएको जीवित प्रमाणका रुपमा म आफैं तपाई समक्ष उभिएको छ,’ उनले भने, ‘यो सरकारले संघीयतालाई सबल गर्ने दिशामा उपयुक्त कदम चाल्ने विश्वास छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?