+
+

कर्णालीमा सभामुखको निर्वाचन १ माघमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २५ गते १६:४६

२५ पुस, सुर्खेत । कर्णाली प्रदेश सभाको सभामुख र उपसभामुख चयनका लागि १ माघमा निर्वाचन हुने भएको छ ।

सोमबार बसेको कर्णाली प्रदेश सभाको पहिलो अधिवेशनको दोस्रो बैठकले माघ १ गते सभामुखको निर्वाचन गर्ने मिति तोकेको हो ।

कर्णाली प्रदेश सभाका ज्येष्ठ सदस्य विनोदकुमार शाहले माघ १ गते दिउँसो १ बजेका लागि निर्वाचन तोकेको जानकारी दिए ।

उनले प्रदेश सभाको नियमावली ०७९ को नियम ७ को उपनियम १ बमोजिम सूचना प्रकाशन गर्न प्रदेश सविच जीवराज बुढाथोकीलाई निर्देशन दिएका छन् ।

प्रदेश सभाको अर्को बैठक माघ १ गते बिहान ११ बस्ने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?