 
																			२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानुनसम्मत ढंगले रेशम चौधरीलाई रिहा गराउने बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत मागेका उनले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले संसदबाट कानुन बनाएर रेशम चौधरीलाई कानुनसम्मत ढंगले रिहा गराउने बताएका हुन् ।
तराई मधेश अन्य राजनीतिक दलसँग विगतमा भएको समझदारीका आधारमा अध्यादेश बनाएर भए पनि रेशम चौधरीसहित नेता कार्यक्र्तालाई छुटाउन पहल गरेको पनि उनले बताए ।
तर संसद सुरु भइसकेकाले अब संसदबाटै कानुन बनाएर रेशम चौधरीको रिहाइ गर्ने उनको भनाइ छ । ‘अब त सदन सरु भइसक्यो, अब कानुनसम्मत ढंगले उहाँसहित अरु त्यस किसिमले बन्दी बनाइएका सबै नेता कार्यकर्तालाई छुटाउने वातावरण बनाइन्छ’ उनले भने ।
आफूले यस विषयमा सात्ता साझेदार दलको संयन्त्रमा पनि छलफल गरिसकेको भन्दै प्रधानमन्त्री प्रच्ण्डले संयन्त्रको बैठकमा पनि छिटो भन्दा छिटो पहल गर्ने सहमति भएको बताए ।
रेशम चौधरीको मुद्दा अदालतमा पुगिसकेका कारण केही जटिल रहेको भन्दै उनले भने, ‘ऐनको समुचित व्यवस्था गरेर अन्यायपूर्ण रुपमा बन्दी बनाइएकाहरुलाई छुटाउने पहल गर्छौं ।’
आफूले सार्वजिनक समारोहमा रेशम चौधरीलाई अन्याय भएको र त्यसबाट न्याय दिनुपर्छ भन्दै आएको पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4