+
+

‘अवतार ३’मा विन डिजेल र ड्वेन जोन्सनको चर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १७:०९

काठमाडौं । ड्वेन जोन्सनले १५ वर्षसम्म तयारी गरेर अभिनय गरेको पछिल्लो सुपरहिरो फिल्म ‘ब्ल्याक एडम’ हलिउड बक्स अफिसमा नराम्रोसँग असफल भयो । रिलिजअघि निकै प्रतीक्षा गरिएको फिल्मले दर्शकको मन जित्न सकेन ।

डीसी स्टुडियोले अब यो फिल्ममाथि श्रृंखला निर्माण गर्ने तयारीलाई रोकेको छ । यतिबेला भने हलिउडमा जेम्स क्यामरुनको अवतार युनिभर्समा प्रवेश गर्न लागेको हल्ला फैलिएको छ । डीसी युनिभर्सबाट बाहिरिएलगत्तै जोन्सनले मार्भल स्टुडियो ज्वाइन गर्न लागेको विवरणहरुमा जनाइएको छ ।

जेम्स क्यामरुनको ‘अवतार ३’ मा ड्वेन जोन्सन जोडिएको आधिकारिक खबरको पर्खाइमा फ्यान छन् । केही फ्यानले अवतार : द वे अफ वाटरमा पनि जोन्सनको अतिथि भूमिका रहेको अड्कल काटेका थिए किनभने उनका माओरी ट्याटुलाई फिल्मको टोनोवारी चरित्रमा पनि देखिएको थियो । यद्यपि यी चरित्र क्लिफ कर्टिसले खेलेको कुरा पछि स्पष्ट भयो ।

विन डिजेल पनि अवतार ३ मा सँगै देखिने अड्कल पनि काटिएको छ । यदि यसो हो भने भिन र ड्वेनको जुन मीठो र हार्दिक सम्बन्ध छ त्यो पर्दामा नदेखिएको धेरै भयो । फ्यान यी दुई स्टारलाई अवतार ब्रह्माण्डमा हेर्न अधैर्य छन् ।

यी दुई अवतार ३ मा देखिने औपचारिक रुपमा पुष्टि त भइसकेको छैन तर फ्यानमाझ यो खबरले उत्साह सञ्चार गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?