+
+

ललितपुर महानगरले सुरू गर्‍यो समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २६ गते १८:३०

२६ पुस, काठमाडौं । ललितपुर महानगरपालिकाले ठेक्का सम्झौता गरेर समयमै काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही सुरु गरेको छ । महानगरपालिकाका अनुसार समयमै काम नगर्ने एक ठेकेदार कम्पनीलाई सम्झौता बमोजिम क्षतिपूर्ति तिराएको छ भने अर्को कम्पनीलाई जरीवाना तिराउने प्रक्रिया सुरु गरिएको छ ।

महानगरमा २२ वटा भित्री सडक निर्माण गर्ने ठेक्का लिएको तर समय मै काम नगरेको भन्दै पीएस सुनकोसी जेभी ललितपुरलाई २३ लाख १३ हजार रुपैयाँ जरीवाना तिराएको प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।

विभिन्न स्थानका सडक कालोपत्रे गर्ने योजना अन्तर्गत महानगरले २७ जेठ २०७७ मा बोलपत्र आव्हान गरेको थियो । सोही सूचना बमोजिम सुनकोसी जेभीले सडक कालोपत्रे गर्ने ठेक्का पाएको थियो । तर ठेक्का सम्झौता अनुसार काम नगरेपछि सुनकोसी जेभीलाई सार्वजनिक खरिद नियमावली २०६४ (संशोधन सहित) को नियमको आधारमा कारबाही गरेको उनले बताए । उनका अनुसार सुनकोसी जेभीले विभिन्न कारण देखाउँदै पटक–पटक म्याद थप गर्दै आएको थियो ।

बिरुवा कन्सट्रक्सन काठमाडौंलाई समेत ठेक्का सम्झौता भएका सडक आयोजनाहरुको काममा पटक–पटक सम्झौताका प्रावधानहरु उल्लंघन गरेकोले सम्झौता अनुसार कारबाही गर्ने निर्णय भएको महानगरले जनाएको छ । अर्यालका अनुसार २१ पुसदेखि लागु हुनेगरी पूर्वनिर्धारित क्षतिपूर्ति लगाउने निर्णय भएको हो । महानगरले उक्त निर्माण कम्पनीलाई निर्धारित समयमै निर्माण कार्य सम्पन्न गर्ने कबुलियत गराएको छ । कबुलियत अनुसार कार्य सम्पन्न नगरेमा सम्झौता रद्द गरी कालोसूचीमा राख्ने चेतावनी समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?