+
+

स्रोत नखुलेको १६ लाख रुपैयाँसहित धनुषाबाट भारतीय नागरिक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते ८:५८

२७ पुस, जनकपुरधाम । धनुषाबाट स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत बिहार राज्य मधुवनी जिल्ला ग्राम पञ्चायत दुहवी महिनाथपुर बस्ने वर्ष ४२ का राजेश कुमार साह छन् ।

उनलाई मंगलबार धनुषाको विदेह नगरपालिका वडा नं. २ बाट इलाका प्रहरी कार्यालय दुहवीको प्रहरी टोलीले पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

बी.आर. ३२ ए.सी ७६७९ नम्बरको स्कुटर चढेर  भारतबाट नेपाल तर्फ आउँदै गरेको अवस्थामा   शंका लागेर चेकजाँच गर्दा स्कुटरको डिक्की भित्र कालो प्लाष्टिकमा श्रोत नखुलेको १६ लाख रुपैयाँ बरामद भएको डिएसपी क्षेत्रीले बताए ।

उनलाई आवश्यक कार्बाहीको लागि भन्सार कार्यालय जनकपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?