+
+

२०५१ सँग अहिलेको परिस्थितिलाई तुलना नगरौं : मिनेन्द्र रिजाल

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १५:१७

२७ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले २०५१ को मनमोहन अधिकारीले पाएको विश्वासको मतसँग अहिलेको परिस्थितिलाई तुलना गर्न नहुने बताएका छन् ।

त्यसबेला मनमोहनको सरकार अल्पमतको भएकाले कांग्रेसले विश्वासको मत दिए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको तर्क छ ।

‘२०५१ म संसदको सबैभन्दा ठूलो दलको नेताको रुपमा मनमोहन अधिकारीको अल्पमतको सरकार थियो’, रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिले दलहरुको स्पष्ट बहुमतको प्रचण्ड सरकार रहेको हो ।’

अझ अहिले कांग्रेसले नै वैकल्पिक सरकारको नेतृत्व गर्ने बाटो समेत खुला रहेको उनले उल्लेख गरेका छन् । ‘अहिले सबैभन्दा ठूलो दलको नेताले बहुमत नपाए पनि बैकल्पिक सरकार बनाउने बाटो छ, त्यो बेला थिएन’, रिजालले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?