+
+

भिटेनले गाए फिल्म ‘छड्के २’ मा गीत

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १५:५८

काठमाडौं । र्‍यापर भिटेन पाश्र्वगायनमा फर्किएका छन् । तीन वर्षअघि ‘सरौतो’ फिल्ममा गीत गाएका उनी अनमोल केसी स्टारर ‘छड्के २’ मार्फत फिल्मी गायनमा फर्किएका हुन् ।

उनको आवाजमा एउटा गीतको रेकर्डिङ बुधबार काठमाडौंको एक स्टुडियोमा भएको छ । निर्माताले भिटेनसँगको तस्वीर समेत सार्वजनिक गरेका छन् । गीतमा भिटेनको संगीत छ ।

ग्याङस्टर जनरामा फिल्म निर्माण भएकाले निर्माताले र्‍याप गायनलाई समावेश गर्न चाहेको देखिन्छ । अर्को गीत अर्का र्‍यापर युनिक पोइटले गाउन लागेको बुझिएको छ । यी दुई र्‍यापरलाई महंगो मूल्यमा अनुबन्धित गरिएको निर्माता प्रशान्त गिरीले बताए ।

फागन १९ गते रिलिजको तयारीमा रहेको ‘छड्के २’ मा अनमोलसहित रविन तामाङ, कमलमणि नेपाल र रेशा आले मगरको मुख्य भूमिका छ । काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको फिल्ममा मेधा प्रोडक्सन र निर्वाणा फिल्म स्कुलले सहकार्य गरेका छन् । निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा निर्वाणा फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

भिटेनले यसअघि बुढासुब्बा कम्पनीको फिल्म ‘रत्नपार्क’मा साइन गरे पनि यो फिल्म निर्माण कहिलेदेखि हुने हो टुंगो छैन । छड्के २ अर्को प्रतीक्षित फिल्म ‘छक्कापञ्जा ४’सँग भिड्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?