+

नेपाल टी–२० लिगमा को-को बने उत्कृष्ट ?

२०७९ पुष  २७ गते १७:१८ २०७९ पुष २७ गते १७:१८
नेपाल टी–२० लिगमा को-को बने उत्कृष्ट ?

२७ पुस, काठमाडौं । नेपाल टी–२० लिग क्रिकेटमा विराटनगर सुपर किंग्सका मोहमद हुसेन तलत सर्वोत्कृष्ट खेलाडी भएका छन् ।

पाकिस्तानका तलतले प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी हुँदै ५ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

प्रतियोगिताको उत्कृष्ट ब्याटर फारवेष्ट युनाइटेटका हस्मतुल्लाह शाहिदी भए भने काठमाडौं नाइट्सका अभिनास बोहोरा उत्कृष्ट बलर बने ।

बोहराले ११ खेलमा १९ विकेट लिएका थिए ।

उनीहरुले जनही साढे २ लाख रुपैयाँ नगद पुरस्कार पाएका छन् ।

विराटनगरका सूर्य तामाङ उदीयमान खेलाडी बने । उनले १ लाख ८० हजार रुपैयाँ हात पारे । प्रतियोगिताको उपाधि भने लुम्बिनी स्टार्सले जितेको छ ।

नेपाल टी-२० लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय