+
+

इसेवाबाट दैनिक एक रूपैयाँभन्दा कममा पूर्ण हेल्थ केयर सुविधा लिन सकिने

एक लाख रूपैयाँभन्दा बढीको सुविधा लिन पाइने

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २७ गते १८:४६

काठमाडौं । इसेवाबाट दैनिक एक रुपैयाँभन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ । इसेवाले आफ्ना ग्राहकको स्वास्थ्यमा आइपर्ने समस्यालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो । यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाइल एप्समा गइ इसेवा केयर सेवा अन्तर्गत दैनिक १ रुपैयाँ भन्दा पनि कमका दरले एक वर्षका लागि ३६० रूपैयाँमा यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरूले थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिनेछ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई मात्र दैनिक १ रुपैयाँमा दुई लाख ३० हजार रुपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ ।

यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परीक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ । यस प्याकेजमा २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएको प्रत्येक दिनको लागि खरिदकर्तालाई भुक्तानी गरिएको एक निश्चित दैनिक भत्ताको समेत व्यवस्था गरिएको छ ।

इसेवा केयर खरिद गरेका ग्राहकहरूलाई दुई लाख ३० हजार रुपैयाँसम्मको स्वास्थ्य व्यवस्था तथा दुर्घटना उपचार, एक सय रुपैयाँ इसेवा रिवार्ड पोइन्ट, गणेशमान सिंह अस्पताल दन्त इकाइमा एक पटक निःशुल्क परामर्श र एउटा स्केलिंग सेवामा ५ सय रुपैयाँ छुट, आवरन छाला र कपाल क्लिनिकमा दश प्रतिशत छुट द ब्यूटी बार नेपालमा बीस प्रतिशत छुट जस्ता सुविधा रहेका छन् ।

यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स मार्फत अस्पतालको बेड चार्जमा दशहजार रूपैयाँसम्म कभर हुने, मृत्यु र अशक्तता खर्च एकलााख रुपैयाँसम्म, दुर्घटना चिकित्सा खर्च एकलाखसम्म, अन्त्येष्टि यातायात खर्च एकलाखसम्म, अन्त्येष्टि खर्च दशहजारसम्म जस्ता सुविधा रहेका छन् ।

यसैगरी आकस्मिक चिकित्सा कवरेजतर्फ दुर्घटनाको कारण हुने कुनै पनि उपचार खर्च एक लाख रुपैयाँसम्म, पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्चतर्फ बीमितको मृत्यु भएको खण्डमा बीमितको पार्थिव शरिर व्यवस्थापन तथा किरिया खर्च दशहजार रूपैयाँ, स्थायी पूर्ण अशक्ततातर्फ बीमा गरिएको अवधी भित्र भएको दुर्घटनाको क्षतिपूर्ति प्रदान गरिनेछ ।

अस्थायी पूर्ण अशक्ततातर्फ दुर्घटनाका कारण बीमकले आफ्नो व्यावसाय पूर्ण रुपमा सञ्चालान गर्न नसकेमा २६ हप्ता सम्म बीमाको ५ प्रतिशत वा वार्षिक २० हजार बराबरको रकम उपलब्ध हुनेछ । यो बीमा प्योकज खरिद गरेका व्यक्तिले बीमा दाबी गर्नको लागि ३५ दिन भित्र हिमालयन एभरेष्ट इन्स्योरेन्स्मा आवश्यक कागजात सहित सम्पर्क गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?