+
+

मन्त्रिपरिषद् बैठक बस्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते ९:३६

२८ पुस, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा सरकारका कामकारबाहीका साथै मन्त्रालयगत नियमित एजेण्डमा छलफल हुने बताइएको छ ।

पुस ११ गते पदभार ग्रहण गरेलगत्तै प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको रणनीतिक सुधारका लागि अध्ययन गर्ने निर्णयमा हस्ताक्षर गरेका थिए । त्यसपछि बसेको मन्त्रिपरिषद बैठकले सचिव सरुवा, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार कार्यालय स्थापना लगायतका निर्णय गरेको थियो ।

पुस १० गते प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले पुस २६ गते प्रतिनिधि सभाबाट विश्वासको मत पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?