+
+

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १०:४८

२८ पुस, काठमाडौं । बिहीबार सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ९ सय र चाँदीको मूल्य १ हजार ३६० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ हजार २ सय, तेजावी सुनको मूल्य एक लाख २ हजार ७ सय र चाँदीको १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?