+
+

प्रावि तह शिक्षकको नतिजा सार्वजनिक, अन्तर्वार्ता माघ १८ गतेदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ पुष २८ गते १३:२१

२८ पुस, काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ । आयोगले प्राथमिक तहको शिक्षक पदको नतिजा बाजुरा, अछाम, डोटी र कन्चनपुर जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगले सार्वजनि गरेको नतिजा अनुसार बाजुरा जिल्लाको लागि ७३ रिक्त दरबन्दीको लागि जम्मा ६५ जना मात्र उत्तीर्ण भएका छन् । ८२ जना परीक्षामा सहभागी भए पनि माग अनुसार ८ रिक्त दरबन्दीमा शिक्षक उत्तीर्ण हुन नसकेको देखिन्छ । अछाम जिल्लामा पनि दुई रिक्त दरबन्दीमा उत्तीर्ण हुन सकेनन् । १३७ रिक्त दरबन्दीको लागि १९० जना शिक्षकले परीक्षा दिएपनि १३५ जना मात्रै उत्तीर्ण भएका छन् ।

त्यस्तैगरी डोटी जिल्लाको १४८ रिक्त दरबन्दीको लागि १३४ जना मात्रै उत्तीर्ण भएकोले १४ दरबन्दी पुन रिक्त हुने भएको छ ।

परीक्षामा भने ३०९ जना सहभागी भएको आयोगले जनाएको छ । कञ्चनपुर जिल्लाको लागि भने ७६ रिक्त दरबन्दीको लागि ८० जना उत्तीर्ण भएका छन् । परीक्षामा २१८ जना सहभागी भएका थिए ।

उत्तीर्ण बाजुराका शिक्षकहरुको अन्र्तवार्ता माघ १८ गते, अछाम जिल्लाको माघ १९ गते, डोटीका शिक्षकहरुको माघ २० र २१ गते, कञ्चनपुर जिल्लाका शिक्षकहरुको माघ २१ र २२ गते शिक्षा विकास तथा समन्वय इकाइ कैलालीमा हुने भएको छ ।

आयोगले २०७८ चैत १९ गते र २०७९ असार १३ गते लिएको खुला प्रतियोगितात्मक लिखित (सामान्य र विषयगत) परीक्षामा सहभागी परीक्षार्थीहरुको नतिजा सार्वजनिक गरेको हो ।

नतिजामा चित्त नबुझेको उम्मेदवारले माघ ४ गतेभित्र पुनर्योगको लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?